गृहपृष्ठ कला/साहित्य सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

सेफिल्ड युनाइटेडलाई पराजित गर्दै आर्सनल एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । डानी सेबायोसले इन्जुरी टाइममा गोल गरेपछि लण्डन क्लब आर्सनलले सेफिल्डलाई २-१ ले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा पेपेले २५ औं मिनेटमा गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो । आर्सनल जिततर्फ अघि बढिरहेको बेला ८७ औं मिनेटमा सेफिल्डका लागि डेविड म्याकगोल्ड्रिकले बराबरी गोल फर्काए । निर्धारित समयमा खेल बराबरी भएको थियो । तर इन्जुरी टाइममा सेबायोसले गोल गरेपछि आर्सनलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

यसअघि नै म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

सम्बन्धित् समाचार