गृहपृष्ठ खबर बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन

बुटवल–पाल्पा सडकखण्डको अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा सञ्चालन

पाल्पाको तिनाउँ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजीकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर अवरुद्ध बनेको सो सडकखण्ड बिहानदेखि एकतर्फी सञ्चालनमा आएको ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

अविरल वर्षाका कारण माथिबाट खसेको पहिराले सडक अवरुद्ध बनेको थियो । अवरुद्ध राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

सम्बन्धित् समाचार