गत असार १० गते नीति तथा कार्यक्रम पास गरेको कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले पुर्वाधार,स्वास्थ्य, शिक्षा र रोजगारलाई जोड दिदै ९५ करोड ९२ लाखको बजेट स्वीकृत गरेको छ । उप प्रमुख मीरा चौधरीले पेश गरेको बजेट नगर सभाले स्वीकृत गरेको हाे । बजेट मध्ये ५८ दशमलव ८ प्रतिशत भौतिक पुर्वाधारमा रहेकाे छ ।

आर्थिक विकासमा ४ प्रतिशत, सामाजिक विकास तर्फ १० दशमवल नौ प्रतिशत, वन तथा वातावरण तर्फ ५ दशमलव ४, पारिश्रमिक तथा कार्यालय संचालनमा २० दशमलव ६, संस्थागत विकास तथा मानव संसाेधन तर्फ शुन्य दशमलव २ प्रतिशत बजेट बिनियोजन गरिएको मेयर केशव कुमार श्रेष्ठले बताए ।

मेयर श्रेष्ठले कोरोना भाईरसका कारण जारी लकडाउनले चालु आर्थिक बर्षमा बिकास निर्माणको काम प्रभावित भएको समेत बताए । उनले आगामी आर्थिक बर्ष पुार्वधार विकास, स्वास्थ्य, शिक्षा र रोजागरीलाई बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको उनले बताए ।

सो अवसरमा नगरपालिकामा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई समेत सम्मान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए ।









