डेढ दशकदेखि निरन्तर साहित्य र संगीत क्षेत्रमा अनवरत रुपमा लागिरहेका तन्नेरी युवा निर्दोष जीवनले नेपाली साहित्यका प्राय जसो सबै बिधामा कलम चलाउने गरेका छन्।कथा,उपन्यास ,गजल,गीत,हाइकू,मुक्तक लगायत उनको संगीत क्षेत्रमा पनि उत्तिकै दखल छ।हालसम्म आईपुग्दा उनले करिब एक दर्जन कृतिहरु प्रकाशित गरेका छन्।
बुलबुल पब्लिकेसन्स बाट उनले आफ्नो आगामी कृति उपन्यास ल्याउने तयारी गर्दै गरेका निर्दोष जीवनको अहिले सम्म करिब ४ दर्जन भन्दा धेरै गीत तथा गजल रेकर्ड समेत भएर बजारमा आइसकेका छन्।करीब ३ दर्जन जति गीत गजलमा आफैले आवाज समेत दिइसकेका छन् भने ,दर्जनौं गीत तथा गजलमा आफैले संगीत समेन भरेका छन्।चार सय जति गीत लेखिसकेका छन् भने दर्जनौं गजल,मुक्तक,हाइकू तथा थुप्रै कथाहरु उनका डायरी भित्र सुरक्षित छन्।
हालै मात्र उनले लेखेका ” मेरो मनले यहि भन्छ ” बोलको गीत सार्वजनिक भएर बजारमा आएको छ।उक्त गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएका छन् भने उक्त गीतलाई गायिका बिना सेन्चुरीले आवाज दिएकी छन्। साहित्य र संगीत निर्दोष जीवनको जीवनको एउटा पाटो समेत हो भनेर भन्न रुचाउने निर्दोष जीवनले थुप्रै पुरस्कार तथा सम्मान समेत पाइसकेका छन्।
भिडियो हेर्नुहोस्: