लियो क्लव अफ कपिलवस्तुले वाणगंगा ४ का मृगौला पीडित हरि न्यौपानेलाई उपचारार्थ सहयोग रकम हस्तान्तरण गरेको छ । आर्थिक अवस्था कमजोर भई उपचारमा समस्या भएका मृगौला पिडित न्यौपानेलाई रु ७० हजार १ सय को चेक उनकी बहिनी कृष्टिलाई हस्तान्तरण गरिएको हो ।
मृगौला पीडितको उपचारका लागि आगामि दिनमा पनि निरन्तर रुपमा सहयोग गर्ने क्लवका अध्यक्ष मदन पौडेलले प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै उपचारार्थ रकम सहयोग गरेकोमा क्लवलाई न्यौपाने परिवारले धन्यवाद व्यक्त दिंदै खुसी व्यक्त गरेको थियो ।