गृहपृष्ठ खबर वाणगंगाका एक व्यापारीसहित कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण

वाणगंगाका एक व्यापारीसहित कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण

कपिलवस्तुमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय कपिलवस्तुले दिएको जानकारी अनुसार मंगलबार जिल्लामा थप २० जनामा कोरोना पोजेटिभ देखिएको हो । कार्यलयका अनुसार संक्रमित मध्ये एक जना वाणगंगा नगरपालिका १ बैरियाका हुन भने अन्य १९ जना कपिलवस्तु नगरपालिका तौलिहवाका संक्रमित रहेका छन् ।

मंगलबार थपिएका सबै समुदायका रहेका छन् । यो संगै जिल्लामा संक्रमित संख्या ९६७ पुगेको छ भने कोरोनाका कारण अहिले सम्म २ जनाको ज्यान गएको छ ।

सम्बन्धित् समाचार