सबैलाई थाहा भएकै कुरा हो, रगत रातो हुन्छतर किन यो रातो हुन्छ ? रगत एउटै तत्वले मात्रै बनेको हुँदैन । हाम्रो शरीरको धमनी , नशाहरूमा बग्ने रगत विभिन्न किसिमका पदार्थहरू र तìवहरू मिलेर बनेका हुन्छन् र तिनका आ -आफ्नै कामहरू हुन्छन् ।
रगतलाई तरल रूपमा राख्ने पदार्थलाई प्लाज्मा भनिन्छ । यसले रगतको आधा भाग ओगटेको हुन्छ । यो हल्का पहेँलो रङ्गको हुन्छ र पानीभन्दा बाक्लो हुन्छ । प्लाज्मामा रक्तकोषहरूका अलावा प्रोटिन, रोगसँग लड्ने प्रतिरोधी पदार्थ, रगतलाई जम्न मद्दत गर्ने फाइबि्रनोजेन (Fibrinogen) र प्लाटेलेट्स , कार्बोहाइड्रेट, बोसो, नून र अन्य थुप्रै पदार्थहरू हुन्छन् । प्लाज्माका साथसाथै रगतमा रातो रक्तकोष (Red Blood Cells) पनि हुन्छन् । यसलाई अर्को शब्दमा Corpuscels पनि भनिन्छ । यही रातो रक्तकोषका कारण हाम्रो रगत रातो देखिने गर्छ । हाम्रो रगतमा आकारमा अति सानो, गोलाकार तर च्याप्टो आकारको हुने यस्ता रातो रक्तकोषहरू ३५ टि्रलियनको सङ्ख्यामा निरन्तर रूपमा बगिरहेको हुन्छ । जसले गर्दा रगत सधैँ रातो देखिने गर्छ । एक थोपा रगतमा मात्रै पनि करिब ५० लाख रक्तकोषहरू रहेका हुन्छन् ।
सुरूमा रातो रक्तकोष त्यति धेरै रातो हुँदैनतर हाम्रो हड्डीको भित्री भागमा हुने मासी (Bone marrow) ले रक्तकोष बनाउने काम गर्छ । त्यहाँ यो परिपक्व हुँदै गएपछि यसले हेमोग्लोबिनको उत्पादन बढाउन थाल्छ । वास्तवमा रक्तकोषलाई रातो बनाउने पदार्थ पनि यही हेमोग्लोबिन नै हो । हेमोग्लोबिन आइरन र विभिन्न खालका प्रोटिनहरू मिलेर बनेको हुन्छ । रातो रक्तकोषको मुख्य पदार्थ भनेकै हेमोग्लोबिन र अक्सिजन हो ।
हेमोग्लोबिनले नै फोक्सोबाट अक्सिजन बोकेर शरीरका विभिन्न भागहरूमा पुर्याउने र त्यहाँका कोषहरूमा जम्मा भएका कार्बनडाइअक्साइडलाई चाहिँ बोकेर फोक्सोसम्म ल्याइपुर्याउने काम गर्छ । कार्बनडाइअक्साइड मिसिएको रगतको रङग चाहिँ गाढा रातो हुन्छ । फोक्सोले रगतमा रहेको कार्बनडाइअक्साइडलाई प्रशोधन गरेर फ्याक्ने काम गर्छ । रगतलाई रातो बनाउने रक्तकोष आफैंको आयु भने करिब ४ महिना मात्र हुन्छ । शरीरभित्र यो निरन्तर रूपमा मर्ने र निरन्तर रूपमै बन्ने प्रक्रिया चलिरहेको हुन्छ । हाम्रो रगतमा रातो रक्तकोष मात्रै होइन , सेतो रक्तकोष पनि हुन्छ । यी कोषले चाहिँ शरीरभित्र घुसेका कीटाणुहरूसँग लडेर शरीर स्वस्थ राख्ने काम गरिरहेका हुन्छन् ।
शरीरमा रगतको कमी भयो भने शरीर कमजोर हुन्छ । शरीर सुस्त हुन्छ, अनुहार न्याउरो हुन्छ र हड्डी कमजोर हुन्छ । शरीरमा रगतको कमी किन हुन्छ ? शरीरमा रातो रक्त कोशिकाहरुको कमी हुनाले एनोमिया अर्थात् रगतको कमी हुन्छ । रातो रक्त कोशिकाहरु नष्ट हुनु, शरीरबाट धेरै रगत बग्नु अथवा शरीरद्वारा पर्याप्त मात्रामा रातो रक्त कोशिकाहरु निर्माण गर्न नसक्नु जस्ता कारणहरुले यस्तो समस्या उत्पन्न हुन्छ ।
एनोमिया हुने विभिन्न कारणहरु छन् । तर, सबैभन्दा प्रमुख कारण शरीरमा आइरनको कमी हुनु हो । रातो रक्त कोशिकाहरुमा आइरनबाट पर्याप्त मात्रामा हेमोग्लोबिन नामक प्रोटिन प्राप्त हुन्छ ।हेमोग्लोबिनले मानव शरीरको अलग-अलग अंगहरुमा अक्सिजन पुर्याउने काम गर्छ । हेमोग्लोबिन फोक्सोबाट अक्सिजन लिएर यसलाई रगतको माध्यमबाट शरीरको हरेका भागमा पुर्याउँछ । यो प्रक्रिया समस्त शरीर सञ्चालनका लागि अति नै महत्वपूर्ण हुन्छ ।आइरनबाहेक फोलिट र भिटामिन बी–१२ को कमी हुनाले पनि रातो कोशिकाको निर्माणमा बाधा पुग्छ । यस्तो स्थितिमा यो समस्याबाट बच्नका लागि आइरन, भिटामिन बी र फोलिटयुक्त आहारको सेवन गर्नु आवश्यक हुन्छ । यदि तपाईं पनि विभिन्न शारीरिक समस्याहरुबाट ग्रसित हुनुहुन्छ भने औषधिसँगै आफ्नो खानामा यी खाद्य सामाग्रीहरु समावेश गर्नुहोस् ।
हरियो सागपात
पालुङ्गोको साग, ब्रोकाउली, मेथी, सिमी र हरियो केराउ जस्ता गाढा रंग भएका तरकारीहरु आइरनको राम्रो स्रोत हो । तर, पालुङ्गो जस्ता केही हरियो पात भएका तरकारीमा आइरनसँगै एगलेट नामक तत्व पनि पाइन्छ।
जसका कारण शरीरलाई आइरन ग्रहण गर्न बाधा पुर्याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी पनि सेवन गर्नु आवश्यक हुन्छ। किनभने भिटामिन सीले आइरनलाई शोषित गर्न सहयोग पुर्याउँछ । त्यसैले हरियो पात भएको तरकारीसँग भिटामिन सी युक्त खाद्य पदार्थ जस्तै सुन्तला, कागती, रातो क्याप्सिकम र स्ट्राबेरीको पनि सेवन गर्नु आवश्यक छ । यसो गर्नाले शरीरले सजिलै आइरन अवशोषित गर्छ ।
रातो मासु
यदि तपाईं मांशाहारी हुनुहुन्छ भने तपाईंले खानामा रातो मासुलाई समावेश गर्न सक्नुहुन्छ । रातो मासु पनि आइरनको सर्वोत्तम स्रोत हो । आफ्नो शरीरलाई स्वस्थ राख्न र आइरनको कमीलाई कम गर्नका लागि रातो मासुको सेवन गर्नुपर्छ ।
चुकन्दर
चुकन्दर अर्थात् बिटरुट आइरनको राम्रो स्रोत हो । जसले शरीरमा रातो रक्त कोशिकाहरुलाई मर्मत गर्न सहयोग गर्छ । चुकन्दरको सेवन गर्नाले हेमोग्लोबिन बढ्छ । चुकन्दरको तुलनामा यसको पातमा तीन गुना बढी आइरन हुन्छ । त्यसैले, चुकन्दरका साथै यसको पातलाई पनि सलादमा समावेश गर्नुपर्छ अथवा तरकारी पकाउदा चुकन्दरको पातको पनि प्रयोग गर्न सकिन्छ ।
ओट
ओट पनि आइरनके उत्तम स्रोत हो । एक कप ओटमा ९ मिलिग्राम आइरन हुन्छ। जुन प्रि-मेनापोजको क्रममा रहेका महिलाहरुका लागि आधा आइरन बराबर हुन्छ । ओटमा दुध, केरा, किसमिस र मह मिसाएर खानाले शरीर स्वस्थ रहिरहन्छ । यसको साथै शरीरलाई सम्पूर्ण पोषक तत्व पनि प्राप्त हुन्छ ।
आलु
जब आइरन पर्याप्त प्राप्त हुने खाद्य पदार्थको कुरा आउँछ। हाम्रो दिमागमा हरियो सागपात र मासु मात्र आउँछ। तर, तपाईंलाई यो कुरा सुनेर आश्चर्य लाग्नसक्छ । आलु पनि आइरनको राम्रो स्रोत हो । एक सय ग्राम आलुमा ७ मिलिग्राम आइरन पाइन्छ । त्यसैले अन्य तरकारीसँगै आलुलाई पनि प्राथमिकता दिनुपर्छ ।
किसमिस
रगत बनाउनका लागि आवश्यक भिटामिन-बी कम्प्लेक्सको कमीलाई किसमिसले पूरा गर्छ । आइरन भरपुर मात्रामा भएको कालो किसमिसको सेवन गरेर आफ्नो हेकोग्लोबिन बढाउन सक्नुहुन्छ ।
अञ्जिर
अञ्जिरमा भिटामिन-बी १, बी २, क्याल्सियम, आइरन, फस्फोरस, म्यागनिज, सोडियम, पोटासियम र क्लोरिन पाइन्छ । दुईवटा अञ्जिरलाई राति पानीमा भिजाएर बिहान त्यो पानी र अञ्जिर खानाले हेमोग्लोबिनको स्तर बढाउन सकिन्छ ।
अण्डा
दिनहुँ एउटा अण्डाको सेवन गर्नाले एक मिलिग्राम आइरन प्राप्त हुन्छ। जुन एनोमियाको समस्याबाट पीडित मानिसहरुका लागि अति नै फाइदाजनक हुन्छ । हप्तामा कम्तिमा पनि तीन दिन अण्डा खानुपर्छ । अण्डाको पहेँलो भागमा धेरै फ्याट र कोलेस्ट्रल हुन्छ। त्यसैले दुईवटा अण्डाको सेतो भाग र एउटा अण्डाको पहेलो भाग सहित खानुपर्छ ।
स्याउ
स्याउ एनोमिया जस्तो रोगका लागि अति नै फाइदाजनक हुन्छ । यसमा आइरनका साथ अन्य धेरै किसिमको पोषक तत्वहरु पाइन्छ । जसले हेमोग्लोबिनको स्तरलाई बढाउनका लागि आवश्यक हुन्छ। त्यसैले दिनहुँ एउटा स्याउ खानु आवश्यक छ ।
सुन्तला
आइरनलाई शरीरमा अवशोषित गर्नका लागि भिटामिन-सीको आवश्यकता पर्छ र सुन्तलामा पर्याप्त मात्रामा भिटामिन-सी हुन्छ । त्यसैले आफूले चाहे जस्तो परिणाम प्राप्त गर्नका लागि दिनहुँ एउटा सुन्तला पनि खानु आवश्यक छ ।
आलुबखडा
यो फल आइरन र भिटामिन-सीको उपयुक्त स्रोत हो र यी दुबै तत्वले शरीरमा हेमोग्लोबिनको स्तरलाई बढाउनका लागि सहयोगी हुन्छ ।यसबाहेक सुकेको आलुबखडामा पनि पर्याप्त मात्रामा म्याग्नेसियम पाइन्छ । जुन रातो रक्त कोशिकाहरुको निर्माणमा सहभागी हुन्छ । यति मात्र नभएर म्याग्नेसियमले शरीरमा अक्सिजन प्रवाह गर्नपनि सहयोग पुर्याउँछ ।
केरा
केरामा पर्याप्त मात्रामा आइरन पाइन्छ । यसले शरीरमा हेमोग्लोबिन निर्माण बढ्छ । आइरनबाहेक केरामा फोलिक एसिड पनि पर्याप्त मात्रामा पाइन्छ । जुन रातो रक्त कोशिकाहरुको निर्माणका लागि आवश्यक हुन्छ । मह अथवा अमलाको रससँग केराको सेवन गर्नाले हेमोग्लोबिनको स्तर बढ्नसक्छ ।
अम्बा
अम्बा जति पाकेको हुन्छ। त्यति नै धेरै पौष्टिकताले भरिपूर्ण हुन्छ । पाकेको अम्बाको सेवन गर्नाले शरीरमा हेमोग्लोबिनको स्तर कम हुँदैन ।
बदाम
१० ग्राम भुटेको बदाममा शून्य दशमलव पाँच मिलीग्राम आइरन हुन्छ । यसबाहेक बदाममा क्याल्सियम र म्याग्नेसियम पनि पाइन्छ । यसको सेवन गर्नाले हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ ।
काजु
१० ग्राम काजुमा शून्य दशमलव ३ मिलिग्राम आइरन हुन्छ । त्यसैले यसको नियमित सेवनले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ ।
ओखर
ओखरमा ओमेगा ३ फ्याटी एसिडको मात्रा धेरै हुन्छ । यसबाहेक ओखरमा क्याल्सियम, म्याग्नेरियम, फाइबर र भिटामिन-बी पयाप्त मात्रामा पाइन्छ । यसको सेवन गर्नाले तपाईं शरीरमा हेमोग्लोबिनको कमी पूरा गर्न सकिन्छ ।
तुलसी
तुलसीलाई रगतको कमी कम गर्नका लागि रामवाण मानिन्छ । तुलसीको पातको सेवन नियमित रुपमा गर्नाले शरीरमा हेमोग्लोबिनको मात्रा बढ्छ ।
पेस्ता
पेस्तामा ३० भिन्दा-भिन्दै किसिमको भिटामिनहरु पाइन्छ । यसमा आइरनको मात्रा पनि पर्याप्त मात्रामा हुन्छ ।
कागती
कागतीमा भिटामिन-सी पर्याप्त मात्रामा पाइन्छ । यसले शरीरमा हेमोग्लोबिनको स्तर बढाउँछ ।
नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।