आज राती बाह्र बजे देखि प्युठान सिल हुने भएको छ । जिल्ला प्रशासन कार्यलय प्युठानले समुदाय स्तरमा कोरोना संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै आज रातिदेखी भदौ १८ गते राति १२ बजेसम्मको लागि जिल्ला सिल गर्ने निर्णय गरेको हो । आज बिहान जिल्ला प्रशासन कार्यालय प्युठानमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले एक हप्ता जिल्ला सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।
यो अबधिमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् ।
पछिल्लो समय जिल्लामा एक जना स्वास्थ्यकर्मी, ४ जना प्रहरी, २ जना समुदायका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ। स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि प्युठान अस्पतालमा आकस्मिक र प्रसूति सेवाबाहेक अरु सबै बन्द गरिएको छ । सिल अबधिभर जिल्लाको निर्णय उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन अनुसार कारबाही गरिने भुसालले बताए ।
जिल्लामा अहिले सम्म ४ सय ४३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ६६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए । जिल्लामा एक जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ भने ३ सय ७६ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
प्युठान जिल्ला एक साताका लागि सिल


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअझै ३ दिन वर्षाको सम्भावना
६ घण्टा अघि
एकैदिन एक सय ३५ जना आरोही सगरमाथा शिखरमा
१७ घण्टा अघि