गृहपृष्ठ खबर बुद्धभूमि ७ का वडाध्यक्ष सिंहको ७२ बर्षको उमेरमा निधन

बुद्धभूमि ७ का वडाध्यक्ष सिंहको ७२ बर्षको उमेरमा निधन

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं ७ मानपुरका वडाध्यक्ष राजेश्वर सिंहको ७२ बर्षको उमेरमा निधन भएको छ । वडा अध्यक्ष सिंहको आईतबार बिहान ११ बजे उपचारको क्रममा बुटवलमा निधन भएको हो । सिंह विभिन्न रोगबाट पिडित रहेको पारिवारिक स्रोतले जनाएको छ ।

सिंह नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार भई विजयी भएका थिए । सिंहको अन्तिम संस्कार सोमबार दिउँसो १२ बजे बुद्धभुमीको महादेवा घाटमा गरिने नेपाली कागेंस क्षेत्र नं २ को क्षेत्रीय समितिले जनाएको छ । सिंह नेपाली काग्रेस क्षेत्र नं ४ का पुर्व क्षेत्रीय सभापति समेत रहेका थिए ।

सम्बन्धित् समाचार