प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलको निजि सचिवालयमा कार्यरत तथा अखिल छैठौं केन्द्रीय सचिब सुवास जि. सि.ले फेसबुक स्टाटसमार्फत जिल्लामा कार्यरत श्रमजीवी पत्रकारहरुलाई अपमानित हुने गरि लगाएको विभिन्न आरोपप्रती जिल्लाका विभिन्न पत्रकार संघ संगठनले आपत्ती जनाएका छन।
झिमरुक गाउँपालिका वार्ड नं-५ निवासी जि.सि. ले आफ्नो फेसबुक पेजमा जिल्लाका कृयाशिल श्रमजीवी पत्रकारहरुलाई अत्यन्तै अपमानित हुनेगरी अनेक आरोप लगाई गरेको गाली, बेइज्जती प्रती ध्यानाकर्षण भएको भन्दै संयुक्त प्रेस संगठन नेपाल प्युठान, नेपाल प्रेस युनियन प्युठान, क्रान्तिकारी पत्रकार संगठन प्युठान र प्रेस नेपाल प्युठानले संयुक्त बिज्ञप्ति मार्फत आपत्ती जनाएका हुन।
‘प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा रहेको माननीय दुर्गा पौडेलको निजि सचिवालयमा काम गर्ने ब्यक्तिबाट जिल्लाका क्रियाशिल पत्रकारहरुले समाचार सांसदकै नाम नलेखिएकै बिषयलाई आधार बनाएर गाली गलोजमा उत्रिनु प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेपको साथै अहिलेको सुचना र प्रविधिको दु्रुपयोग गर्दै गरिएको साइबर अपराधको रुपमा यसलाई हामीले लिएका छौं।
आफुले भनेको समाचार नआएको र अरु विविध समाचार लेखेको भन्दै जिल्लाका पत्रकारहरुलाई भाडावाला पत्रकार, चाकडिवाला पत्रकार ,पित पत्रकारिता , कुण्ठा र पुर्वाग्रहले समाचार लेख्ने पत्रकारको रुपमा चित्रण गर्दै प्युठान जिल्लाका पत्रकार भन्दै सिंगो जिल्लामा क्रियाशिल पत्रकारको बेइज्जत हुने गरि दलका झोलेहरु हुन् भन्दै अत्यन्तै घिणृत शब्दमा गरिएको गाली बेइज्जति प्रति हामी गम्भिर आपत्ति प्रकट गर्दछौं। जिल्लाको बेइज्जत हुने गरि समग्र पत्रकारहरुको अपमान गर्नु यो कानुन विपरित रहेको हाम्रो ठहर छ। माननिय दुर्गा पौडेलको निजि सचिवालयका ब्यक्तिले यस्तो हर्कत गर्नु ,माननीय दुर्गा पौडेलको नाम आएन समाचारमा भन्दै गाली बेइज्जत गर्नुले माननीय ज्यू कै निर्देशनमा आएको हो भन्ने हाम्रो बुझाई छ।
सामाजिक रुपमा पत्रकारिता माथि नै धावा बोल्दै पत्रकारहरुको बेइज्जत गर्दै यस्तो हर्कत गर्ने कामलाई सम्पुर्ण सरोकारवाला निकायले गम्भिरता पुर्वक लिनको लागि हामी हार्दिक अनुरोध गर्दछौं। सवै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले यो बिषयलाई गम्भिरतापुर्वक लिएर आवश्यक कानुनी कदम चाल्न र पत्रकारहरुको अभिब्यक्ति स्वतन्त्रताको रक्षा गरि पत्रकारिताको गरिमा बचाउन हामी हार्दिक अनुरोध गर्दछौं। माननिय दुर्गा पौडेलको जिल्लाको विकास निर्माण, सार्वजनिक महत्वका सवाल र विभिन्न समस्या तथा संकटमा जनताले अनुभुत हुने गरि भूमिका पुगे नपुगेको बिषयको समिक्षा प्युठानी जनताले गर्नेछन्।
कोभिड १९ को यस्तो बिषम परिस्थितिमा प्रतिनिधि सभा सदस्य जस्तो गरिमामय पदमा रहेका माननिय ज्युको सचिवालयमा काम गर्ने तथा अखिल छैठौं बिद्यार्थी संगठनको केन्द्रिय सचिव जस्तो पदमा रहेको ब्यक्तिबाट यस्तो घृणित ब्यवहार हुनु लज्जास्पद हो। यस्ता कुराबाट कत्तिपनि बिचलित नभई प्रचलित कानुन र पत्रकार आचार संहिता सहित पत्रकारिताका मुलभूत मान्यतामा रहि दृढतापुर्वक कलम चलाउन सवै श्रमजीवि पत्रकारहरुलाई हामी हार्दिक अनुरोध गर्दछौं।’ बिज्ञप्तिमा भनिएको छ।
गृहपृष्ठ खबर फेसबुक स्टाटस मार्फत जिल्लाका श्रमजीवी पत्रकारहरुलाई गालि गरेको भन्दै चार संगठनको आपत्ति
फेसबुक स्टाटस मार्फत जिल्लाका श्रमजीवी पत्रकारहरुलाई गालि गरेको भन्दै चार संगठनको आपत्ति


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकरेन्ट लागेर मरे १० पशु चौपाया
६ घण्टा अघि
अब ‘प्रांशु फेशन कलेक्शन’मा ‘बेबी जोन’ पनि
१२ घण्टा अघि