कपिलवस्तुको शिवराज नगरपालिकाले बजेट मनोमानी रुपमा वितरण गरेको भन्दै आइतबार ज्ञापन पत्र बुझाईएको छ । कपिलवस्तुको नरसिंह हिंन्दु नेपाल जिल्ला कमिटी र शिवराज नगरपालिका ५ चन्द्रौटामा रहेको महाकाल सामाजिक संस्थाले संयुक्त रुपमा शिवराज नगरपालिकाका उप प्रमुख शिव कुमारी थारुलाई ज्ञापनपत्र बुझाइएको नरसिंह हिंन्दु नेपालका अध्यक्ष भुवन कुमार मिश्रले जानकारी दिएका छन् ।
जिल्लाको शिवराज नगरपालिका ८ विसनपुर देविपुरमा रहको दुर्गा मन्दिरका लागी छुट्याइएको बजेट सो सोही स्थानमा निर्माण हुन लागेको प्रहरी चौकीलाई दिइएको भन्दै मन्दिरको बजेट मन्दिरमै लगानी लगाउन नगरपालिकाको ध्यानाकर्षण गराइएको महाकाल सामाजिक संस्थाका अध्यक्ष धर्मराज विश्वकर्माले बताए । ज्ञापनपत्र बुझ्दै नगर उप प्रमुख थारुले यस बारेमा थप छलफल भईरहेको जनाएकी छिन् ।
बजेट मनोमानी रुपमा वितरण गरेको भन्दै ज्ञापन पत्र


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुका ७ विद्यालयमा जंकफुड प्रतिबन्ध
२६ मिनेट अघि