छैठौं संविधान दिवसको अवसरमा प्युठानका दुईजना कैदी बन्दीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाहा तथा माफी पाएका छन्।
स्वर्गद्वारी नगरपालिका वडा नं- २ र गौमुखी गाउँपालिका ५ का एक/ एक जना गरि दुई जना पुरुषको कैद माफी मिनाहा भएको हो । जिल्ला कारागार प्युठानमा उनिहरुले कैद भुक्तान गरिरहेका थिए। जिल्ला कारागार प्युठानका प्रमुख सुर्य पन्तका अनुसार अंगभंग तथा ज्यानमार्ने उद्योगमा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका उनिहरुलाई एक बर्ष भन्दा कम सजाय अवधि बाकी रहेकाले मिनाहाको लागि सिफारिस पठाईएको थियो ।
संबिधान दिवसको अबसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका दुई सय ८९ कैदिबन्दीको सजाय मिनाहा गरेकी हुन ।
संबिधान दिवसको अबसर पारी प्युठानमा २ जनाको कैद मिनाह
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमुख्यमन्त्री पदबाट राजीनामा नदिने ममता बनर्जीको अडान
१३ मिनेट अघि








