गृहपृष्ठ खबर उर्लिएको तिनाउले घर बगायो

उर्लिएको तिनाउले घर बगायो

प्रकाशित मिति:

बुटवल : बुटवलस्थित तिनाउ नदीमा आएको बाढीले एउटा घर बगाएको छ। बुटवल उपमहानगरपालिका वडा नं १७ रानीगञ्जमा रहेको ४ कोठाको कच्ची घर बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी खड्क बहादुर खत्रीले जानकारी दिए।

उनका अनुसार ब्लकको गारो लगाएर बनाएको प्रेमकुमारी खाम्चाको घर बगाएको हो। घर बगाएपछि उनी नजिकको घरमा आश्रय लिएकी छिन्।

उनको घर बगाउन थालेपछि स्थानीयको सहयोगमा घरको जस्तापाता निकालिएको थियो। केहीदिनदेखि परेको वर्षाका कारण तिनाउमा पानीको सतहले खतराको तह पार गरेको छ।

 

सम्बन्धित् समाचार