गृहपृष्ठ खबर माइक्रोबस सडकबाट ८० फिट तल खस्यो, चालकसहित १७ जना घाइते

माइक्रोबस सडकबाट ८० फिट तल खस्यो, चालकसहित १७ जना घाइते

प्रकाशित मिति:

काठमाडौं :  काभ्रेको धुलिखेल नगरपालिका–९ स्थित वीपी राजमार्गमा बिहीबार माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बा।४ ख ५८७० नम्बरको माइक्रोबस सडकबाट करिब ८० फिट तल खस्दा चालकसहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित् समाचार