गृहपृष्ठ खबर बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित

प्रकाशित मिति:

एजेन्सी : बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन पारित गराएको छ । सोमबार भर्चुआमाध्यमबाट बसेको मन्त्रिपरिषद बैठकले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको हो।

यसअघि बंगलादेशमा महिला तथा बालिकाहरुमा दर्व्यवहारका घटना उच्च बढेपछि नागरिक स्तरबाट कडा कानूनको माग उठेको थियो । त्यस्तै बंगलादेका नागरिकहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने कानून संशोधन गराउन माग गर्दै आन्दोलनसमेत चर्काएका थिए ।

कोरोना महामारीकाबीच बसेको आजको मन्त्रिपरिषद बैठकले महिला तथा बालबालिका शोषण रोकथाम विधेयकमा बलात्कारीलाई मृत्युदण्ड दिने कानून बनाएर पारित गरेको हो ।

 

सम्बन्धित् समाचार