गृहपृष्ठ खबर वाणगंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

वाणगंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

प्रकाशित मिति:

चार नम्बर जीतपुर : वाणगंगामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको उद्घाटन गरिएको छ । अन्र्तराष्ट्रिय लैङ्गिक दिवसको अवसरमा वाणगंगा नगरपालिकाले यहि मंसीर १० गतेदेखि २५ गतेसम्म हुने “लैङ्गिक हिंसा अन्यको प्रतिवद्धता ः व्यक्ति समाज र सबैको ऐक्यवद्धता″ भन्ने राष्ट्रिय नारा सहित जितपुरको ४ नं चोकमा दिप प्रज्वलन गरी अभियान सुरु गरेको हो ।

मंसिर ९ गते बसेको बैठकको निणर्यअनुसार लैङ्गिक हिंसा निवारण कोष खडा गर्ने निणर्य गरेको छ । यस्तै १६ दिने अभियानलाई सफल पार्न विभिन्न कार्यक्रमहरु तय गरेको महिला तथा बालबालिका शाखाले जानकारी दिएको छ । १६ दिनसम्म नगरपालिकाले विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरी अभियान संचालन गरिने जनाएको हो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख मंगलप्रसाद थारुले यस नगरपालिकालाई लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि जनचेतानमूलक कार्यक्रम संचालन गर्ने र विभिन्न समुदायलाई सचेत बनाइने बताए । उनले महिला तथा बालबालिका माथि हुने विभिन्न हिंसालाई कम गर्नका लागि नगर कटिबद्ध रहेर लागेको प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले विभिन्न प्रकारका हिंसाहरुलाई न्यूनिकरण गर्न एक व्यक्तिले मात्रै नसक्ने हुँदा यसको लागि समाज र राष्ट्रले विशेष पहल गर्नुपर्ने बताए । उनले १६ दिनमात्रै दिवस मनाएर मात्रै नपुग्ने र ३६५ दिन नै जनचेतनामूलक कार्यक्रमको आयोजना गरी न्यूनीकरण गर्न पालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै सामाजिक विकास शाखा प्रमुख बाबुराम भट्टराईले हरेक क्षेत्रबाट लैङ्गिक हिंसाको अन्त्य गर्न पहल गर्नुपर्ने बताए । उनले घरेलु हिंसा, समाजमा हुने हिंसालाई अन्त्य गर्नको लागि नगरका समुदायस्तर, विद्यालय क्षेत्र लगायतका स्थानहरुमा सचेतनामूलक कार्यक्रम संचालन गरिने बताए ।

नगर उपप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता रहेको कार्यक्रममा नगरप्रमुख मंगलप्रसाद थारुको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष गणेशबहादुर क्षेत्री, वडा नं ५का भिष्मराज भुसालको आतिथ्यता तथा कार्यालयका सम्पूर्ण शाखाका शाखा प्रमुख तथा कर्मचारीहरु, पत्रकारहरुको सहभागिता रहेको थियो । सो कार्यक्रम वडा नं १ का वडा अध्यक्ष तथा महिला तथा बालबालिका समिति संयोजक बालकुमारी पन्त अधिकारीको स्वागत तथा महिला तथा बालबालिका शाखा प्रमुख शुसिला पन्थको संचालनमा सम्पन्न भएको थियो ।

 

सम्बन्धित् समाचार