
प्युठान : बिकृति ,बिसङ्गतिको अन्त्य गर्दै,समुन्नत समाजको निर्माणको कामना,खेलकुद र बिबिध सस्कृतिको जगेर्ना गर्ने सनराईज युथ क्लबको चाहाना भन्ने मुल नाराका साथ आफ्नो दोस्रो बार्षिक उत्सब भब्य र सभ्य तरिकाले सनराईज युथ क्लबले बादिकोटमा मनाएको छ।
बिगतका बर्षहरुमा भन्दा यो बर्ष अल्लि फरक र पृथक तरिकाले कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष कृष्ण पोख्रेलले बताए यो बर्ष जिल्ला भित्र र बाहिरका दर्जनौं खेलसमुहहरुको सहभागीतामा सानदार खेल हुदा हजारौ दर्सकहरुको लगातार तीन दिन सम्म उपस्थिति राम्रो हुदा क्लबले आगामिदिनहरमा खेलकुद संगै सामाजिक कार्य स्थानीय सरकार तथा गैर सरकारि संस्थाको सहयोग लिएर गर्ने पोख्रेलले बताए।
दोस्रो बार्षिक उत्सवको पाबन अबसरमा राखिएको खुल्ला भलिबल प्रतियोगितामा तिखाचुलि युवाक्लब गौमुखि रजबारालई पराजित गर्दै प्यान्थेरा कन्ट्रकसन प्रालिमार्फत लिला जिसिको नेतृत्वमा आएका खेलाडिले प्रथम सिट हासिल गरेका छन । दोस्रो स्थानमा तिखाचुलि युबाक्लब रहेको छ भने खुल्ला भलिबलको तेस्रो स्थानमा गुल्मीको मदाने स्पोर्टस आएको छ। बिजेता टिमले पुरस्कार क्रमश रु१६, १११, १२,१११ र ८, १११ मेडल प्रमाण पत्र हाता पारेका छन।
१३ जना सहभागी रहेको घैटोफोरमा तिनजनाले हात पारेका छन भने ग्रामिण भेगको लागि नया खेल सोलो बाईकरेसमा सहभागी १२ जनामा झिमरुक दुई घर भई गुल्मिको मदानेमा बस्दै आएका पुर्ब नेपालप्रहरीको जागिर छोडि ब्यबसायमा लागेका वसन्त खनालले सोलो बाईक रेस प्रतियोगितामा बिजेता भएका छन ।
उनले रु.३१०० मेडल र प्रमाण पत्र हाता पारेकाछन। कार्यक्रमको प्रमुख अतिथि झिमरुक गाउपालिका दुईका वडा अध्यक्ष बलबहादुर महतराले युवाहरुले जुनसुकै सामाजिक कार्यअंगालेमा आफुले पर्दा भित्र र बाहिरबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे।








