गृहपृष्ठ खबर गत वर्ष चीनले बेच्यो संसारका हरेक मानिसलाई झन्डै ४० वटा मास्क

गत वर्ष चीनले बेच्यो संसारका हरेक मानिसलाई झन्डै ४० वटा मास्क

कोरोनाभाइरसको उद्गम थलो भएर पनि चीनले सन् २०२० मा निर्यातमा रेकर्ड राखेको छ।

कोरोनाको सुरूआती चरणमा लापरबाही गरेको आरोप लागेको र अमेरिकासँग व्यापार युद्ध जारी रहे पनि गत वर्ष चीनले अमेरिकासँग निर्यात बढाएको छ। गत वर्षको डिसेम्बरमा अपेक्षा गरिएभन्दा चीनको आयात र निर्यात दुबै बढेको हालै सार्वजनिक तथ्यांकमा देखिएको छ।

लकडाउन भएपछि घरबाटै काम गर्न चाहिने ल्यापटपलगायत सामान र अन्य मेडिकल सामग्रीका कारण चिनियाँ निर्यात  ह्वात्तै बढेको हो।

गत वर्ष चीनको आयात र निर्यात गरी वैदेशिक व्यापार ४६.५  खर्ब डलर पुगेको छ। यो सन् १९५० मा रेकर्ड राख्न थालेयताकै सबैभन्दा धेरै हो।

चीनको व्यापार नाफा गत वर्ष ५३५ अर्ब डलर पुगेको छ। यो सन् २०१५ यताकै बढी व्यापार नाफा हो।

 

गत वर्षको मार्चदेखि डिसेम्बरसम्म चीनले ६७.८२ अर्ब डलरका कोरोना महामारीसम्बन्धी सामग्री बेचेको छ।

चीनले अहिलेसम्म २२४.१ अर्ब थान मास्क,  २.३१ अर्ब थान प्रोटेक्टिभ लुगा, २ लाख ७१ हजार भेन्टिलेटर र १.०८ कोरोनाभाइरस टेस्ट किट बेचेको छ।

‘यो भनेको चीनबाहिर संसारका हरेक मानिसलाई झन्डै ४० वटा मास्क दिनुजस्तै हो,’  कस्टमका एक अधिकारीले भने।

सम्बन्धित् समाचार