गृहपृष्ठ खबर कपिलवस्तुमा पनि कांगेसका शुभेच्छुक सगंठनद्धारा सरकार बिरुद्ध मौन बिरोध प्रर्दशन

कपिलवस्तुमा पनि कांगेसका शुभेच्छुक सगंठनद्धारा सरकार बिरुद्ध मौन बिरोध प्रर्दशन

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा शनिबार ट्रेड युनियन कांग्रेसमा आबद्ध पेशाकर्मीहरुले कपिलवस्तुको सदरमुकाम तौलिहवामा बिरोध प्रदर्शन गरेका छन् । ट्रेड युनियन कांग्रेसको अगुवाईमा कांग्रेस निकट ६ वटा पेशागत संघ सगंठनले तौलिहवा प्रदर्शन गरेका हुन् ।

शुभेच्छुक सगंठनले देशैभर प्रदर्शन गर्ने नेपाली काङ्ग्रेस केन्द्रीय समितिको कार्यक्रम अनुसार शनिबार दिउँसो तौलिहवामा पार्टीका ६ शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गरेका हुन् । तौलिहवाको बुद्धपदमा माबिको फिल्डबाट निस्किएको ¥यालीले प्रशासन बजारका विभिन्न भागको परिक्रमा गरेको थियो ।

कालोपट्टी बाध्नुका साथै कालो माक्स लगाएका ¥यालीका सहभागीले प्ले कार्ड बोकेका थिए । नाराबाजी बिनै र्यालीका सहभागी बजारका विभिन्न भागको परिक्रमा गरेका थिए । उता कांग्रेस पार्टी कार्यालयमा महिला संघको अन्तरक्रिया संपन्न गरिएको ट्रेड युनियन कपिलवस्तुकी अध्यक्ष बाल कुमारी अधिकारी पन्तले बताइन ।

सम्बन्धित् समाचार