गृहपृष्ठ Featured बाढीपहिरोका कारण चार दिनमा २१ जनाको ज्यान गयो, सयौं विस्थापित

बाढीपहिरोका कारण चार दिनमा २१ जनाको ज्यान गयो, सयौं विस्थापित

काठमाण्डौ –बाढीपहिरोका कारण पछिल्लो चार दिनमा २१ जनाको ज्यान गएको छ । पाँचजना  अझै बेपत्ता रहेका र पाँच जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ ।

बागलुङ, पर्वत, मनाङ, पूर्वी नवलपरासी, चितवन, पाल्पा र धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोले जनधनको क्षति गरेको हो । बागलुङमा मात्रै १० जनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन् । विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्राधिकरणका अनुसार जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढी तथा पहिरोमा फसेका व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा पालिकामार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ ।

सम्बन्धित् समाचार