गृहपृष्ठ खबर तेस्रो सैनामैना मेयर कप : फर्साटिकर युवा क्लब सेमी फाइनलमा प्रवेश

तेस्रो सैनामैना मेयर कप : फर्साटिकर युवा क्लब सेमी फाइनलमा प्रवेश

प्रकाशित मिति:

सैनामैना : तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको बिहिबार कपिलबस्तु जिल्ला फुटवल संघ र फर्साटिकर युवा क्लब बिच भएको दोश्रो क्वाटर फाईनल खेलमा फर्साटिकर युवा क्लब बिजयी भई सेमिफाईनलमा प्रबेश गरेको छ। आज भएको खेलमा फर्साटिकर युवा क्लबले ३(१ गोल अन्तरमा कपिबस्तु जिल्ला फुटबल क्लबलाई पराजित गरि सेमीफाइनलमा प्रबेश गरेको हो।

यस्तै आज भएको प्रतिस्पर्धामा फर्साटिकर युवा क्लबका रुपक लामा म्यान अफ द म्याच घोषित भई नगद २ हजार सहित अवार्ड प्राप्त गरेका छन। सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्पोर्टिङ्ग क्लब,देवापारको ब्यबस्थापनमा संचालन भैरहेको प्रतियोगिता फागुन ४ गते सम्म संचालन हुनेछ भने विजेता टिमले २ लाख २२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन।

खेल स्थानिय बिधालय सरस्वती माध्यमिक विधालयको खेल मैदानमा गत माघ २४ गते देखि संचालन भैरहेको छ। बिहिबार भएको नकआउट फुटबल प्रतियोगिता १ हजार ५० जनाले अबलोकन गरेको जनप्रिय स्पोर्टिङ्ग युवा क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिनु भएको छ।

सम्बन्धित् समाचार