कपिलवस्तु उद्योग वाणिज्य संघको वस्तुगत सदस्यमा बिकास न्यौपाने सर्वसमत चयन भएका छन् । कपिलवस्तु उद्योग वाणिज्य संघको ७ औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । संघको प्राङ्गणमा रहेको बुद्ध रंगशालामा मतदान सम्पन्न भएको हो । १४ औँ बार्षिक साधारण सभा सम्पन्न भए पनि सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन हुन नसकेपछि संघको नयाँ कार्यसमिति चयनका लागि मंगलवार चुनावी प्रक्रिया अपनाइएको थियो । जसमा एलिसा मोबाईल सेन्टर संचालक समेत रहेका बिकास न्यौपाने बस्तुगत तर्फको जिम्मेवारी पाएका हुन ।