गृहपृष्ठ खेलकुद हिलवर्ट राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि होङजी न्यूडायमण्ड क्लब काठमाडौंलाई

हिलवर्ट राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि होङजी न्यूडायमण्ड क्लब काठमाडौंलाई

प्रकाशित मिति:

कपिलवस्तु, ४ फगुन । कपिलवस्तुको वाणगंगा नगरपालिका पिपरामा सम्पन्न प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल प्रतियोगिताको उपाधि होङजी न्यूडायमण्ड क्लब काठमाडौंले जितेको छ ।

फाइनलमा न्यूडायमण्ड काठमाडौंले कुवरवर्ती बोर्डिङ स्कुल रातो बुटवल रुपन्देहीलाई २५–१९, २५–११ र २५–१२ को सोझो सेटमा पराजित गरेको थियो । उपाधि विजेताले न्यूडायमण्ड काठमाडौंले एक लाख नगद र शिल्ड तथा खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

उप–विजेता कुवरवर्ति बोर्डिङ स्कुल रातो रुपन्देहीले ७० हजार र शिल्ड, तथा खेलाडीले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै न्यू होराईज स्पोर्टस क्लब बुटवल तेस्रो र एभरेष्ट मावि रुपन्देहीले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

 

विद्यालयका बालबालिकाहरुको प्रतिभा विकास गरेर खेल प्रति रुची जगाउने उद्देश्यले हिलवर्ट बोर्डिङ स्कुलद्वारा आयोजित प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ६ माध्यमिक विद्यालय टिम सहभागी थिए ।

त्यस्तै नेपालका चर्चित पोखराको शान्ता भलिवल क्लब र काठमाडौंको होङसी न्यूडायमन्ड भलिवल क्लब पनि सहभागी थिए । आइतवारदेखि सुरु भएको प्रतियोगिता मंगलवार सकिएको हो ।

सम्बन्धित् समाचार