काठमाडौं : चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप–२०२१’ आयोजना हुने भएको छ। जिल्ला सहकारी संघ काठमाडौं र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मुल नाराका साथ चैत्र २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप– २०२१’ को आयोजना हुने भएको हो।
काठमाडौंमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कार्यक्रमको बारेमा जानकारी गराइएको छ। खेलमा चलचित्र कलाकारहरु, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसंघ, सहकारी अभियान लायन्स क्लबका व्यक्तिहरु, राष्ट्रिय निजि तथा आवासीय विद्यालयलगायत सहभागिता हुने बताइएको छ।
७ वटा खेलमा १० वटा टोली रहने र कोभिड–१९ बाट बच्न सामाजिक दूरी पनि कायम गरिने जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले बताए।
खेलको सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरीने आयोजकले बताएको छ।








