नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले एक बिज्ञप्ती निकाल्दै स्वास्थ्यका मापदण्ड अपनाउन सबैमा आग्रह गरेको छ । आज एक विज्ञप्ती जारी गर्दै नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन कपिलवस्तुले कोभिड १९ को दोस्रो चरणको महामारी बाच बच्न स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको हो ।
संगठनका अध्यक्ष हुमनाथ पौडेल र महासचिव खिमानन्द पौडेल(कोपिल)द्धारा हस्ताक्षरित विज्ञप्तीमा सम्पूर्ण ब्यवसायी र सर्वसाधारणलाई सुरक्षित तवरले कारोबार गर्न आग्रह गरिएको छ । साथै महामारीले समस्त उद्योगी तथा ब्यापारी माथि परेको प्रभावलाई उचित तवरले सम्बोधन गर्न माग गरिएको छ ।
साथै यस जटिल अवस्थामा सबै मिलेर सम्र्पक समन्वयमा कोरोना नियन्त्रणका लागी निरन्तर लाग्नु पर्ने महासचिव खिमानन्द पौडेल(कोपिल) ले बताए ।