गृहपृष्ठ Featured महन्थलाई अब ओलीले भाउ नदिने

महन्थलाई अब ओलीले भाउ नदिने

 

पार्टीमा लगातार कमजोर बनेका ठाकुरलाई अब प्रधानमन्त्री ओलीले पनि भाउ नदिने संकेत गर्नुभएको छ । ठाकुरले जति प्रयास गरेपनि आफूलाई पुग्ने संख्या जुटाउन नसक्ने छेकछन्द पाएपछि ओली अब नफकाउने रणनीतिमा पुगेको बताइन्छ ।

‘महन्थ ठाकुरले पार्टीमा दम देखाउन सक्ने देखिएन । हाम्रो पार्टीका १२१ जनाले नै विश्वासको मत दिएपनि सरकारले बहुमत जुटाउन सक्ने अवस्था रहेन । त्यसैले अब यो भ्यागुताको धार्नी पुर्याउनेतिर बल गर्नुभन्दा चुनावमा जाने कुरा नै प्रधानमन्त्रीको प्राथमिकतामा परेको छ जस्तो लाग्छ’, बालुवाटारको राजनीतिलाई नजिकबाट बुझेका एक नेताले भने । प्रधानमन्त्री ओलीले आकर्षक प्रस्ताव गर्दा पनि ठाकुरले सबैलाई समेटेर पार्टीमा बहुमत जुटाउन नसकेको ती नेताले बताए ।

मधेस राजनीतिका एक विश्लेषकले भने ठाकुर र महतो प्रधानमन्त्री ओलीले चालेको चक्रब्युहमा परेको बताए । उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोजेकै होइन । विश्वासको मतको नाममा उहाँले विपक्षीबाट आउनसक्ने सम्भावित अविश्वास छेक्न खोज्नुभएको हो । तर मधेसको राजनीति गर्छौँ भन्नेहरुले यो कुरा अझै बुझेका छैनन् ।’

विश्वासको मतको प्रस्ताव गरेपनि ओलीको चाहना अझै संसद विघटन नै भएको उनको दाबी छ । आफू जानीजानी अल्पमतमा पर्ने, ठाकुरहरुको मत होल्ड गरेर विपक्षीलाई पनि सरकार बनाउन नदिने र विघटनमा जाने ओलीको रणनीति ठाकुरले बुझ्न नसकेको उनको भनाइ छ । ‘यो कुरा ठाकुरले नबुझेको हो अथवा कुनै शक्तिले ओली र ठाकुरलाई मिलाइदिएको छ’, उनले भने ।

संसदमा आफ्नो संख्या नपुर्याउने र अर्कोलाई पुग्न नदिन गम्भीर खेल भैरहेको ती विश्लेषकको दाबी छ । उनी भन्छन्, ‘महन्थहरुको मत होल्ड गर्न सके विघटन हुँदै चुनावमा जान सकिने क्याल्कुलेशन उनीहरु ९शक्तिकेन्द्र०को छ । सम्भवतस् काँग्रेसभित्र पनि केहीलाई यो सन्दर्भमा छलफल गराइएको हुनसक्छ ।’

सम्बन्धित् समाचार