गृहपृष्ठ बिचार ओलि, ओलितन्त्र र संसद

ओलि, ओलितन्त्र र संसद

प्रकाशित मिति:

७४ साल को प्रतिनिधिसभा निर्वाचन र निर्वाचन को परिणामले बलियो बामगठबन्धन जन्मायो । बलियो बामगठबन्ध संगै आम जनतामा बलियो आशा,भरोसा ,विश्वास पनि जन्मियो समृद्धि विकास अनि सुशासनको । यति मात्र हैन जनता हरु थप विश्वास सिर्जना भयो कि बलियो राजनीति शक्ति को उदय संगै अब संघीय लोकतान्त्रिक गणतन्त्र ,संघीयता ,हाम्रो मौलिक शासकीय स्वरुप जस्ता परिवर्तनहरु संस्थागत हुने छन । हामिले अंगिकार गर्न खोजेको मौलिक संसदीय व्यवस्था ले संस्थागत विजय प्राप्त गर्दै थप परिस्कृत र मजबुत हुने छ । आफु लाई परिवर्तन ,संघीयता ,समानुपातिक प्रतिनिधित्व ,समाबेशिमुलक लोकतान्त्रिक शासन प्रणाली को पक्षधर बताउने तत्कालीन माओवादी केन्द्र ,एमाले लगायत अन्य साना कम्युनिष्ट पार्टी हरु बाम गठबन्धन को विजय ले, यिनै मुद्दा स्थापित गराउन चाहान गर्ने नागरिक हरुमा बेग्लै उर्जा र उत्साह विजयको अनुभुती थियो । कम्तीमा मा यिनै मुद्दा संग सहमत नहुने पक्षलाई पनि राजनीतिक स्थायीत्व प्राप्त हुने भो भन्ने कोण बाट सहानुभूति भाव थियो ।

निश्चय नै ,नयाँ संविधान को घोषणा र कार्यान्वयन संगै मुलक फरक युगमा प्रवेश गर्यो , संघिय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको जन्म भयो ,कतिपय बिसयहरु लाई विघमान् राख्दै ,धेरै विषयहरु जनताको माग अनुरुप ,जनता को बलिदानि बाट स्थापित भए । अस्थिरता को जग मानिएको संसदीय व्यवस्था लाई हामिले आफनै किसिम को मौलिक को व्यवस्था गर्न व्यापक छ्लफल ,खोज,अनुसन्धान गर्यौं र परिणामस्वरूप सोही अनुरुपको व्यवस्था गर्यौं पनि । जसका विशेषता अन्य मुलुकमा हुने संसदीय गतिविधि भन्दा पृथक छ । जसलाई हामी ले नाम दिएका छौं हाम्रो माटो सुहाउँदो व्यवस्था । हाम्रो संविधान ले हाम्रो शासकीय स्वरुप त माटो सुहाउँदो बनायो तर हामीले हाम्रा शासक भने हाम्रो माटो सुहाउँदो बनाउन सकेनौं । जसको मुल्य हामी नागरिक ले चुकाउदै छौं अझ आजभोलि यो महामारी ले झन बढी अनुभुत गराएको छ । विगत डेढ बर्ष देखी नेपाल मात्र हैन समग्र सिंगो विश्व नै महामारी को महासंकट्बाट गुज्रिरहेको छ । अहिले हामी यस महामारी को दोश्रो बेग ले पुनः घर घर मा थुनिन बिबस छौँ । वास्तव मा यो समय हाम्रो चुलो देखि क्याबिनेट सम्म कोभिड महामारी को दोस्रो लहरबाट सुरक्षित रहन जनस्वास्थ्य का बिसयमा घनिभुत छ्लफल हुनु पर्ने हो ,आइसोलेशन हरु थपिएका खबर हरु आउनु पर्ने हो,अक्सिजन को पर्याप्तता भएको समाचार सुन्न पाउनुपर्ने हो ,स्वास्थकर्मी लाई प्रोत्साहन र आत्मबल वृद्धि गर्न गरिएका सरकारी निर्णय का खबरहरु आउनु पर्ने हो ।

तर बिड्म्बना यथार्थ बिल्कुलै विपरीत र भयवित छ । गत पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलि को सिफारिस मा रास्ट्रपतिले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिन । बिगत केही महिना देखि को राजनीतिक उतारचढाव तेतिबेला निकै चरम उत्सर्ग मा पुग्यो , भलै सर्वोच्च अदालतको संबैधानिक इजलास ले फागुन ११ मा उक्त विघटन को सिफारिस लाई बदर गर्दै असंवैधानिक ठहर गर्यो प्रतिनिधिसभा पुनःस्थापना भयो । राजनीति र संबैधानिक रुपमा मात्रै नभई यस्तो प्राकृतिक प्रतिकुल समयमा गरिएको त्यस कदम असंवैधानिक अराजनीतिक मात्र नभै अनैतिक पनि पनि थियो ।

हुनत यो विषयको अनेको कोण बाट विश्लेषण हुने गरेको छ तर मैले यसलाई खास गरि ओलि ले ओलितन्त्र स्थापना र स्थायित्व गर्न चालेको कदमका रुपमा हेर्ने गरेको छु ।

वास्तवमा हाम्रो राजनीति को पछिल्लो एक दशक ओलि र उनको गतिविधि वरिपरि घुमिरहेको छ ,यो कुरा सबैले स्वीकार गर्नै पर्छ यसका विभिन्न राजनीति एंव अराजनीतिक कारणहरु छ्न । आफुलाइ शक्तिशाली र गौरवमय इतिहास बोकेको ठान्ने शिर्ष नेता हरु पनि राजनीति मुद्दा एंव गणितीय राजनीति मा तुलनात्मक रुपमा उनिभन्दा कमजोर सावित भएका छ्न । जसले गर्दा आज ओलि व्यक्ति ओलि मात्रै हैन्न उनले ओलितन्त्र स्थापना गर्न सफल भएका छन । मैले यहाँ ओलितन्त्र भनेर व्यक्ति ओलि र लाई मात्रै उधत गर्न खोजेको छैन । यसले समाजमा स्थापित गर्न खोजे गलत न्यारेसन र यसका परिणाम लाई पनि समाहित पनि जोड दिन खोजेको छु । वास्तव मा नेपाली राजनीतिमा कमै मात्रै देखिने र विश्व राजनीति बाट लोपोन्मुख रहेको व्यक्तिवाद ,लोकप्रियतावाद अझ सरल तरिकाले भन्नू पर्दा व्यक्तिपुजक राजनीति अहिले ओलितन्त्र मा देखिदै छ । उनलाई आफ्नो कम्युनिष्ट विचारधारा ,जबज , माक्र्सवाद ,लेनिनवाद को कुनै प्रबाह नै छैन भन्दा हुन्छ , त्यसको छायाँ सम्म पनि प्रधानमन्त्री ओलि र इतरमा देखिदैन ।

असल कर्मले व्यक्ति लोकप्रिय हुनु सामान्यतया प्राकृतिक मान्न सकिन्छ तर यहाँ कस्तो छ भने ओलि र उनको पार्टी अझ भनौं एमाले को उनको समुह बाट कस्तो संस्कार बसाल्न थालिदैछ भने कर्म विल्कुलै जनभावना विपरीत भए पनि जनता बिच जस्तो तसो मिथ्यांक बाडेर ,तथ्य लाई तोड्मोड गरेर गलत कुराहरू नजिर स्थापित गराएर को आफू अनुकुल नरहेका कुराहरु को अपव्याख्या गरेर ओलि को लोकप्रियतालाई जबरजस्त स्थापना गर्न खोजिदै छ । ओलितन्त्र लाई राजनीतिशास्त्र को सायदै कुनै विचारधारा ले परिभाषित नगर्ला ,गरेछ भने केवल त्यो अवसरवाद ले मात्रै गर्न सक्छ । ओलि पक्कै पनि चतुर राजनीतिज्ञ हुन तर उनको चातुर्याता जनहितका लागि प्रयोग हुन सकेन ,आफना गलत गदम लाई सहि सावित गर्न जस्ता सुकै मिथ्यांक को प्रयोग गर्ने , सामाजिक संजाल साइबर सेना को नाममा कार्यकर्ता परिचालन देखि सार्बजनिक संचार को पनि गलत प्रयोग गर्ने काम उनि र उनी इतरको समुहबाट पट्क पटक ,भैरहेको छ । आफ्नो गलत कदम बाट जनता को ध्यान विकेन्दित गर्ने अनेक अनेक तिकडम रचन उनि सधै महिर रहिरहेका । पछिल्लो समय हतार हतार का दिनहुँ हुने सयांै उदघाटन र शिलान्यास यसका प्रतिनिधि उदाहरण मात्र हुन यस्ता कयौं घट्ना छ्न तेस्को लामो फेहरिस्त तिर अहिले म जान चाहान्न ।

हुनत, पछिल्लो राजनीति अंकगणित लाई हेर्दा ओलितन्त्र बिस्तारै कमजोर बन्दै गएको अनुमान लगाउन सकिन्छ ,समाजमा पनि उनका एकाध भक्तभोगी भन्दा बाहेक उनलाई विश्वास गर्ने हरु को संख्या पातलो हुँदै गएको छ । विपक्षप्रती छुद्र बोली ,अनेक कपोकल्पित आरोप ,कुशासन को निरन्तरता ,भ्रष्टाचार ,घमण्ड ,जनभावना माथी व्यापक खेलवाड ,महामारी रोक्न प्रभाकारी भुमिका नखेको व्यक्तिगत अहंकार ले ओलितन्त्र लाई कमजोर बनाउदै लगेको छ । आउदो निर्वाचनमा जनता को सहि विवेक प्रयोग भयो भने निर्वाचन पश्चात् यो सायद तन्त्र नेपाली राजनीति बाट हराउछ कि भन्ने अनुमान लगाउन अब सजिलै सकिन्छ । अब थोरै चर्चा गरौं ओलितन्त्र र यसले प्रभावित पारेको संसद को बिसयमा, गत पुसमा, तत्कालीन नेकपा को घर झगडा को सिकार प्रतिनिधिसभा भयो ,संविधान मै नभएको अधिकार को प्रयोग गरि राष्ट्रपति ले प्रतिनिधि सभा विघटन गरिन । पार्टी को आन्तरिक कलह लाई व्यवस्थापन गर्न नसक्दा त्यसको परिणाम स्वरुप ओलि र सम्मानित रास्ट्रपति बाट व्यवस्था माथी नै आक्रमण को प्रयास भयो ,भलै सम्मानित सर्वोच्च अदालत को फैसला ले त्यसलाई निस्तेज पारिदियो ।असंवैधानिक कु रोकियो ।प्रतिनिधिसभा पुनःस्थापना भयो । सविधानसभा बाट संविधान जारी गर्ने समयमा व्यापक छ्लफल पश्चात् ,संसदीय राजनीतिमा हुने विकृती लाई कम गर्न भन्दै दलहरु ले हाम्रो छुटै संसदीय व्यवस्था( वेस्ट मिनिस्टर प्रणाली र कतिपय कमनवेल्थ रास्ट्र हरु ले अंगिकार गरेको भन्दा फरक व्यवस्था ) संविधान मा व्यवस्था गरे । संविधान को धारा १०० मा व्यवस्था भएको ,विश्वास को मत र अविश्वासको प्रस्ताव सम्बन्धि व्यवस्था ले हाम्रो संसदीय व्यवस्था लाई अन्य मुलुक को भन्दा पृथक बनाएको छ । संसद विघटन को इतिहास लाई हेर्दा प्राय कार्यकारणी लाई संसद ले असहयोग गर्दा वा भनैं कार्यकारणी को प्रतिकुल बन्दा मा विघटन भएका छ्न ,चाहे छिमेकी भारत लगायत का अन्य देशको संसद विघटन को घट्ना होस या हाम्रै मुलुकको अपवाद बाहेक । तर ओलि ले त्यो बेला संसद विघटन किन गरे ,के कारण ले गरे ,कुन मुद्दा मा संसद ले उनलाई असहयोग गर्यो ,यसको जवाफ अहिले सम्म पाइएको छैन,उनले त्यो औचित्य पुष्ठि गर्न सकेका छैन्न । सामान्यतया उनिमाथी उनकै दल तत्कालीन नेकपा ले अविश्वास को प्रस्ताव गर्दै छ भने भेउ पाएर उनिले प्रतिनिधि सभा विघटन गरेका हुन भने कुरा गरिन्छ तर यति मात्रै पक्कै कारण नहोला कि ? हुनत यी घट्ना हरु राजनीति इतिहास भैसकेका छ्न तर यसका कम्पन हरु भने अहिले पनि जारी छ्न ।

प्रतिनिधि सभा पुनःस्थापना पछि संसद लाई बिजनेस बिहिन बनाइनु , संबिधान को मर्म विपरीत को विधेयक लाई टेबल गर्न खोजेर संसदमा रडाको सिर्जना गर्न खोजिनु संसद्लाइ पुराका पुर उपलब्धिबिहिन बनाउनु प्रयास गर्नु, हठात र अप्रत्याशित रुपमा अधिबेशन अन्त्य गर्नु लगायत अन्य कारण ले उनले आफुले गरेको विघटन लाई सिद्ध गर्न गरेको प्रयासका रुपमा बुझिन्छ । यति मात्रै हैन हाम्रो शासकीय व्यवस्था को बिल्कुलै नौलो अभ्यास को रुपमा रहेका प्रदेश सभाका हरुलाइ पनि ओलितन्त्र निकम्मा बनाउने प्रयास गरेको छ ,जसले गर्दा संघीयता लाई घाँडो मान्ने एकथरी लाई बल पुगिरहेको अनुमान लगाउन सकिन्छ । कतिपय समयमा उनकै निर्देशन र उनी इतिरका मुख्यमन्त्री हरु को सिफारिसमा प्रदेशसभा का अधिबेशन हरु हठात अन्त्य गर्दिने, मुख्यमन्त्री विरुद्ध का अविश्वास प्रस्ताव हरु माथी छ्लफल नगराउने, सांसदहरु हस्ताक्षर किर्ते गर्ने सम्म का बिल्कुलै अराजनीतिक खेल भैरहेका छ्न जसलाई मैले प्रतिनिधिसभा विघटन को कम्पनका रूपमा बुझेको छु । जसले हाम्रो नौलो संसदीय अभ्यास लाई पनि ५०,५२ साल तिरको जस्तो फोहोरी बनाउन सहयोग पुर्याइरहेक छ । पछिल्लो समय कर्णाली देखि गण्डकी लुम्बिनी सम्म का प्रदेश सभा मा भएका गतिविधि ले संसदीय व्यवस्था का पक्षधर लाई लज्जित मात्रै हैन पुन एकपटक व्यवस्था प्रती आक्रमण हुने त हैन भन्ने भय सिर्जना गराएको छ ।

ओलि वास्तव मा के चाहान्छ्न या केही पनि चाहदैनन् केवल आफ्नो सनककै भरमा राजनीति मनोरञ्जन मात्रै गर्दै शासन चलाउन र लम्ब्याउन मात्र चाहान्छ्न ,या यो व्यवस्था लाई विफल बनाइ ओलितन्त्र स्थापित गरि निरंकुश बन्न चाहान्छ्न आमनागरिकले प्रश्न गर्ने बेला आएको छ । उनिमा रहेको दुरदर्शिता को अभाव र घमण्ड ,म नै राज्य हु भन्ने लुई १४औं को जस्तो स्वभाव ले हाम्रो लाखौं बलिदान बाट स्थापना भएको यो व्यवस्था लाई कति हानी पुर्याउला ?ओलितन्त्र को अन्त्य भैहाले पनि यसले गाडेको जरा ले हामी लाई कति पछि सम्म धकेल्ला यसको लेखाजोखा पक्कै पनि इतिहासले गर्ने छ । अत ,अब उनिसंगै ओलितन्त्र को अन्त्य गर्ने बेला आइसकेको छ ,संघीय संसद त्यो मोड मा उभिएको छ ,हेरैं व्यवस्था जोगाउन हाम्रा सांसद र हाम्रो गौरवमय संघीय संसद ले त्यो विबेक प्रयोग गर्ने छ आउदो बैशाख २७ गते पश्चात् । सन्तोष रेग्मी बाणगंगा११ कपिलवस्तु

सम्बन्धित् समाचार