गृहपृष्ठ खबर रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनद्वारा ६० हजारको पि.पि.ई. सहयोग

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनद्वारा ६० हजारको पि.पि.ई. सहयोग

प्रकाशित मिति:

कृष्ण प्रसाद पौडेल
कपिलवस्तु, १ जेठ ।
रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले तीन वटा  संस्थालाई पि.पि.ई. सेट आज एक कार्यक्रमका बीच प्रदान गरेको छ ।  मिडटाउनले कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित कार्यक्रममा २३ थान उच्च गुणस्तरयुक्त पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट  (पि.पि.ई.) सेट बाणगंगा नगरपालिका, कपिलवस्तु सामुदायिक अस्पताल र कपिलवस्तु एमबुलेन्स चालक संघलाई प्रदान गरेको हो । ६० हजार मूल्यका (पि.पि.ई.) ११ थान बाणगंगा नगरपालिकालाई, ६ थान कपिलवस्तु सामुदायिक अस्पताललाई, ६ थान कपिलवस्तु एम्बुलेन्स चालक संघलाई पि.पि.ई. हस्तान्तरण गरिएको हो ।

कोरोना भाईरस (कोभिड १९ ) को उच्च जोखिम मोलेर फ्रन्ट लाइनमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुको स्वास्थ्य सुरक्षा सम्वेदनशिलतालाई मध्यनजर गर्दै रोटरी मिडटाउनले पि.पि.ई. सेट प्रदान गरेको कार्यक्रमका संयोजक एवम् मिड टाउनका संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथि मंगल प्रसाद थारुले बाणगंगा नगरमा विभिन्न सामाजिक कार्यमा रोटरी मिडटाउनको भूमिका प्रंसशनीय रहेको बताउनुभयो । मेयर थारुले विश्व नै अभूतपूर्व संकटबाट गुज्री रहेको र हामी कहाँ पनि स्वास्थ्य समस्या र अक्सिजनको समस्या रहेको बताउँदै अक्सिजनको समस्या समाधान गर्न आफूले अक्सीजन प्लान्ट निर्माणका लागि कार्यपालिका बैठकमा प्रमुख एजेन्डा बनाउने बताउनुभयो । थारुले सुखी र खुसी नगरबासी आफूहरुको चाहना भएको बताउँदै आफूहरु त्यसैअनुरुप लागि परेको बताउनुभयो ।

विशिष्ट अतिथि एवम् वडा नंं ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्रीले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकहरुलाई  सहयोग गरेकोमा  सहयोगी मनहरुप्रति आभार प्रकट गर्दै बाणगंगामा अक्सीजनको अभाव हुन नदिन एकद्वार प्रणाली लागू गर्न आफूहरु लागि परेको बताउनुभयो । क्षेत्रीले अक्सीजन प्लान्ट निर्माणको लागि कार्यपालिकाको निर्णयसँगै आफू प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले गरे हरेक चिज सम्भव हुने बताउँदै कपिलवस्तु सामुदायिक अस्पताल सफल भएको र अहिले जिल्लामै नमुना अस्पतालको रुपमा विकास भएको बताउनुभयो । कार्यक्रममा कपिलवस्तु संचार सहकारी संस्था लि.का अध्यक्ष एमव् सामाजिक व्यक्तित्व विष्णु प्रसाद न्यौपानेले अक्सिजन प्लान्ट बाणगंगा नगरमा अत्यावश्यक भएको बताउँदै प्लान्ट निर्माणमा रोटरी मिडटाउनले सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कपिलवस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजी सेनले अक्सिनजन प्लान्ट निर्माणका लागि सामुदायिक अस्पतालले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै बाणगंगा नगरपालिका र नगरका संघसंस्थाहरुले अक्सिजन प्लान्ट निर्माणमा सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । रोटरी मिडटाउनका इनकमिङ्ग प्रिसडेन्ट माधव भाट क्षेत्रीले रोटरी क्लब, एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय सामाजिक संस्था भएको सामाजिक र मानवीय उत्थानको लागि आफ्नो स्वार्थ भन्दा माथि उठेर विविध सामाजिक क्रियाकलाप सञ्चालन गर्दै आएको र विश्वकै सबैभन्दा पुरानो सेवामूलक संस्था भएकाले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा कपिलवस्तुमा रोटरीले कार्य गर्ने बताउनुभयो । कार्यक्रमका संचालक एवम् रोटरी मिडटाउनका पूर्व अध्यक्ष बासुदेव घिमिरेले स्वास्थ्य क्षेत्रको महत्वलाई आत्मसाथ गर्दै पोलियो उन्मूलन निःशुल्क स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना कार्यक्रम, रक्तदान, निःशुल्क औषधि तथा उपकरण वितरण लगायतमा रोटरीले कार्य गरेको बताउँदै समृद्ध बाणगंगा नगर रोटरीको चाहना भएको बताउनुभयो ।

 


रोटरी मिडटाउका अध्यक्ष नरेश पौडेले मानवीय र सामाजिक सेवा क्षेत्रमा रोटरी क्लब अग्रणी रही दिगो विकासको लागि सम्बन्धित सबै पक्षसँग समन्वय, सहकार्य र सहयोगमा सेवाका हात बढाउँदै अघि बढेको बताउनुभयो । कार्यक्रममा सामुदायिक अस्पताल विकास समितिका महासचिव पोम नारायण पौडेल, डाक्टर नविन तिरुवा, अस्पतालका प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेल, सुष्मा खाँण, गोविन्द आचार्य, मिन बहादुर थापा, पत्रकार कृष्ण प्रसाद पौडेल, अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार