
हरि घिमिरे कपिलवस्तु, जेठ २
कपिलवस्तु उद्योग वाणिज्य संघले बाणगंगा नगर स्तरिय कोरोना प्रकोप ब्यबस्थापन संजाल गठन गरेको छ । संघका अध्यक्ष डोककराम घिमिरेको संयोजकत्वमा गठित संजालको आयोजनामा बैठक बसि विभिन्न महत्वपुर्ण निर्णय गरिएको हो । बैठकले बाणगंगा नगर क्षेत्रमा व्यबस्थित आईसोलेसन नभएकाले कपिलवस्तु सामुदायिक अस्पतालको ब्यबस्थापनमा नेपाल रेडक्रस सोसाईटिको भवनमा न्युनतम १० शैयाको आईसोलेसन सेन्टर यथाशिघ्र संचालन गर्ने, र व्यबस्थापनका लागि नगरपालिकासंग अनुरोध गर्ने निर्णय गरेको छ । जसको व्यबस्थापन समितिको संयोजकमा कपिलवस्तु सामुदायिक अस्पतलाका अध्यक्ष रामजि सेन सदस्यहरुमा महासचिव पोमनारायण पौडेल, सदस्य बिष्णु थापा, दिनेश क्षेत्री र वाणिज्य संघका महसचिव मनोज पौडेल रहेका छन् ।
त्यस्तै आईसोलेसन सञ्चालानार्थ सहयोग संकलन ब्यस्थापनका लागि अपिल गर्ने निर्णय गरेको छ । उक्त स्रोतबाट भावि क्रियाकलापहरुलाई सञ्चालन गर्नका लागि संघका अध्यक्ष डोलकराम घिमिरेको संयोजकत्वमा सुरेन्द्र घिमिरे र माधव भाट क्षेत्री रहने गरि आर्थिक जिम्मेवारी समेत प्रदान गरेको छ । त्यस्तै संघका अध्यक्ष घिमिरे, सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य, वाणगंगा यातायात व्यवसायी समितिका अध्यक्ष विष्णु प्रसाद न्यौपानेको हस्ताक्षर चल्ने गरि बैंक वित्तिय संस्थामा खाता संचालन गर्ने निर्णय गरिएको छ ।
यता नगर स्तरिय कोरोना प्रकोप ब्यबस्थापन संजाललाई नागरिक स्तर सम्म पु¥याउनका लागि सदस्यता विस्तार कार्य अगाडि बढाउन समिति निर्माण गरिएको छ । जसमा गर्न रोटरी क्लव अफ मिडटाउनका अध्यक्ष माधव भाट क्षेत्री, सिद्धार्थ नगर विकास समितिका अध्यक्ष बिष्णु थापा, बाणगंगा वेदफेयर सोसाईटिका महासचिव दिनेश क्षेत्री, फेकोफनका अध्यक्ष हुमनाथ भट्राई, प्याब्सन वाणगंगका अध्यक्ष राजु अधिकारी र रेडक्रस सोसाईटि बाणगंगाका शंकर पाण्डे रहेका छन् ।
यस्तै संजालको अगुवाईमा अक्सिजन प्लान्ट जडानका लागि आवश्यक समन्वय र पहल गर्न माधव भाट क्षेत्रीको संयोजकत्वमा समिति निर्माण गरिएको छ जसको सदस्यहरुमा विष्णु न्यौपाने र अर्जुन पोख्रेल रहेका छन् ।
उता संजालमा आवद्ध रहेको लायन्स क्लव अफ बाणगंगाले आवद्ध नरहेको जानकारी गराएकाले संजालको आवद्धताबाट मुक्त गर्ने निर्णय गरिएको बताइएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारी संयोजक रहने गरि हर्ट विट एफ एमका स्टेशन म्यानेजर हरि घिमिरे र वैखरी अनलाईनका प्रधान सम्पादक अशोक पौडेल सदस्य रहने गरि सुचना तथा प्रचार प्रसारको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि गरिएको संजालका संयोजक घिमिरेले जानकारी दिएका छन् । बैठकमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि तथा पत्रकारको उपस्थिती रहेको थियो ।








