कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिकामा आज विहान सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सिद्धार्थ क्याम्पस नजिकै बुड्चीमा भएको दुर्घटनामा परी वडा नं। १ बस्ने ४३ वर्षिय बिनोद मल्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ७ ख ८६९० नम्बरको ट्रकले मल्ल सवार स्कुटरलाई ठिक्कर दिएको थियो ।
त्यसपछि गम्भिर घाइते बनेका मल्ललाई उपचारका लागि प्रादेशक अस्पताल बुटवलमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले टक र चालक प्रहरीको नियन्त्रणमा इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।








