बारामा दुई जना बालकको घाँटी रेटेर हत्या भएको छ । कलैया उपमहानगरपालिका- ७ स्थित सरंगापुर बस्ने नौ वर्षीय उशमान अन्सारी र सात वर्षीय अमिन अन्सारीको हत्या भएको हो । प्रहरीका अनुसार उनीहरू दाजुभाइ हुन् ।
स्थानीय मदरसामा हत्या गरिएको अवस्थामा दुवै जनाको शव फेला परेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।
उनका अनुसार हिजो बेलुकी ७ बजे उनीहरू घरबाट खेल्न भन्दै निस्केका थिए । तर, अेबर रातिसम्म उनीहरूको खोजीगर्दा समेत नभेटिएपछि बालक बेपत्ता भएको बारे प्रहरीलाई खबर गरिएको थियो ।
डीएसपी मिश्रसाहित प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिई अनुसन्धान समेत भइरहेको उनले जनाए ।
यद्यपि नियन्त्रणमा लिइएका व्यक्तिबारे उनले खुलाउन चाहेनन् ।








