वैखरी अनलाइन
कपिलवस्तु जिल्लाका बाणगंगामा रहेका युवा अभियान्ताहरु अहिले कोरोना सकं्रमितको घर घरमा पुगी रहेका छन । अक्सीजन बैकं सञ्चालनसगै युवाहरुले अहिले संक्रमितलाई भेट्न घर घर जाने अभियान चलाएका हुन ।
लायन्स क्लव अफ बाणगंगा, कपिलवस्तु जेसिज, लायन्स क्लव अफ कपिलवस्तुुका युवा अभियान्ताहरु अहिले च्वनप्राश र मह लिएर संक्रमितको आत्मबल बढाउन बाणगंगा बिभिन्न वडामा रहेका संक्रमितको घरमा पुगी रहेको कपिलवस्तु जेजिजका अध्यक्ष भिमकाँत भट्टराईले बताए ।
संक्रमितलाई आत्मबल अझ बढोस भन्नका लागी आफुहरु उनीहरुको घरमा कोसेली स्वरुप च्वनप्राश र मह लिएर जानेको गरेको अभियानका संयोजक लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष तथा युवा अभियान्ता रमेशचन्द्र भुसालले बताए । अभियान्ताहरुले बाणगंगा बिभिन्न वडामा पुगेर संक्रमितलाई भेटी सकेका छन भने बाकी रहेका वडाका संक्रमितलाई केहीदिनमै भेट्ने उनले बताए ।
बाणगंगाका युवा अभियान्ताहरु संक्रमितको घर घरमा, कोसेली सहित आत्मबल बढाउदै
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअर्घाखाँचीमा बस दुर्घटना अपडेट : ३ जनाको मृत्यु
१९ घण्टा अघि
जीवन सुधार परियोजनाको संयुक्त अनुगमन
४ दिन अघि







