कपिलवस्तु ।
वर्तमान असंवैधानिक सरकार को विरोध गर्दै नेपाल विद्यार्थी संघ बुद्धभुमि नगर समितिले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिँगे स्थित नेविसंघ नगर समितिले विरोध जनाउँदै राष्टपति र प्रधामन्त्रीको पुत्ला दहन गरेको हो । नेविसंघ र तरुण दलका नेताहरुले वर्तमान सरकारको विरोध गर्दै विभिन्न नाराबाजी समेत गरेका थिए भने आन्दोलनलाई विथोल्न खोजेको भन्दै प्रहरी प्रशासन विरुद्ध समेत नाराबाजी गरेका थिए ।
गोरुसिगे स्थित मुख्य राजमार्ग क्षेत्रमै विरोधमा उत्रीएका नेविसंघका नगर सभापति अच्युत अर्याल, नेविसंघ महाधिवेशन प्रतिनिधि तथा प्रखर वक्ता रुपक खनाल सहित विद्यार्थी नेता कल्याण खनाल लगाएत आधा दर्जन नेविसंघ र तरुण नेताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ । उनीहरुको तुरुन्त रिहाईको माग गर्दै नेविसंघका अन्य नेताहरुले प्रशासन समक्ष माग गरेका छन् ।
आन्दोलमा उत्रीएका विद्यार्थी नेताहरुले वर्तमान ओली सरकार र राष्टपति विद्यादेवी भण्डारीका कदलमे सिँगो देशको अवस्था तहसनहस भएको बताएका थिए । उनीहरुले सरकारले देशको गरिमा विग्रने गरी हरेक पटक गैर संवैेधानीक काम गरिरहेको बताएका छन् ।
यसैबिच नेविसंघले आज नै जिल्लाका अन्य स्थानमा पनि प्रधानमन्त्री र राषटपतिका विरुद्धमा नाराबाजी गर्दै पुत्ला जलाएका छन् ।