संयुक्त राज्य अमेरिकाका बिभिन्न राज्यमा बस्ने नेपाली युवाहरुले बाणगंगा नगरपालिकास्थित कपिलवस्तु सामुदायिक अस्पताललाई ठुलो आर्थिक सहयोग गरेका छन् । कोरोना संक्रमणको महामारीमा गरिब, दुखी र पिपन्नहरुको उपचारमा सहयोग पुगोस् भन्ने हेतुले नेपालका बिभिन्न स्थानमा बस्ने नेपाली युवाहरुहरुले २ लाख ३२ हजार १ सय २४ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
बाणगंगा ४ गजेहडा निवासी हाल अमेरिकाको न्यू जर्सीमा बस्दै आएका शंकर चौधरीको नेृत्वमा संकलन भएको रकम विहिबार एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरिएको छ । सहयोग संकलनको लागि समन्वय गर्नु भएका सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले अस्पतालका वरिष्ठ उपाध्यक्ष हरि प्रसाद गैरेलाई सो रकमको चेक हस्तान्तरण गर्नु भएको थियो । न्यौपानेकै आग्रह र समन्वयमा अमेरिकाबाट यति ठुलो सहयोग अस्पतालमा आएको हो ।
रकम ग्रहण गर्दै अस्पतालका कार्यबाहक अध्यक्ष समेत रहनु भएका गैरेले यस कोरोना महामारीमा अस्पताललाई सम्झेर अमेरिकामा सहयोग संकलन गर्न नेतृत्व गर्ने गजेहडाका शंकर चौधरी र पत्रकार चन्द्रकान्त न्यौपानेलाई विशेष धन्यबाद दिनु भयो ।
यहाँ रहदा पनि शंकरले सामाजिक क्षेत्रमा दिएको योगदानको स्मरण गर्दै अहिलेको यो सहयोग निकै महत्वपूर्ण भएको गैरेले बताउनु भयो । शंकरसंगै बिभिन्न जिल्लाबाट अस्पताललाई सहयोग गर्ने युवाहरुलाई आफूहरुले सधैँ सम्झने भन्दै आभार ब्यक्त गर्नुभयो ।
सहयोग हस्तान्तरण गर्दै पत्रकार न्यौपानेले वास्तविक ठाउँमा खर्च गर्न अस्पताललाई आग्रह गर्नुभयो । न्यौपानेले सहयोगीहरुलाई धन्यबाद दिँदै कोरोनाको महामारीमा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र अस्पताल संचालकको हौसला बढाउन देशविदेशबाट यस्तै सहयोग जरुरी रहेको बताउनु भयो ।
कोरोनाको बेला कपिलवस्तु सामुदायिक अस्पतालले निरन्तर संक्रमितको उपचार गरिरहेकाले स्वास्थ्य सामाग्री खरिदमा थप टेवा पुगोस् भनेर रकम संकलन गरी पठाएको शंकर चौधरीले बताउनु भयो । यो रकमले गरिब र विपन्नहरुको उपचार गर्न उहाँको आग्रह छ । उहाँले आवशयक पर्दा थप सहयोग गर्ने समेत बताउनु भयो ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेलले सो रकमबाट एक रुपैयाँ पनि तलमाथि नहुने गरी स्वास्थ्य सामाग्री खरिद गर्ने र कोरोना संक्रमित तर अति पिपन्नको लागि प्रयोग गरिने प्रतिवद्धता जनाउनु भयो । आहातको अवस्थामा अमेरिकाका नेपाली युवाले पठाएको यो ठुलो राहत भएको अस्पतालका महासचिव पोम नारायण पौडेलले बताउनु भयो । कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरी, अस्पतालका डाक्टर नविन तिरुवा, बाणगंगा वेलफेयर सोसाइटीका दिनेश क्षेत्री हर्टविट रेडियोका म्यानेजर हरि घिमिरे लगायतको सहभागिता थियो । कोरोनाको महामारीमा अहिले अस्तपतालले दिनहुँ ८ देखि १० जना विरामीको उपचार गरिरहेको छ ।
कसले कति सहयोग गरे ? (नेपाली रुपैयाँ)
शंकर चौधरी ,कपिलवस्तु २६७९६ (न्यू जर्सी)
दीपक खोना ,कंचनपुर २३२०० (न्यू जर्सी)
अमृत ठकुरी, तनहु १७४०० (न्यू जर्सी)
विक्रम महरा ,दाङ११६०० (न्यू जर्सी),
विनोद ओली ,दाङ ११६०० (न्यू जर्सी)
विपिन केसी ,दाङ ११६०० (न्यू जर्सी)
देव शंकर खतरिया ,कैलली ११७१६ (न्यू जर्सी)
कशोरी चौधरी कंचनपुर,११७१६ (न्यू जर्सी)
पवित्रा पौडेल चापागाई, कपिलवस्तु–चितवन ११७१६ (मेरील्याण्ड)
कृष्ण पाण्डे ,कपिलवस्तु ११७१६ (टेक्सास)
विशाल मरासिनी ,कपिलवस्तु ११७१६ (टेक्सास)
मानस राना मगर ,कपिलवस्तु ११६०० (सिकागो)
आनन्द चौधरी ,कपिलवस्तु ११७१६ (वासिङटन)
गौरी शंकर चौधरी ,कपिलवस्तु ११६०० (वासिङटन)
अजय राना ,कंचनपुर ७५४० (न्यू जर्सी)
गोपाल चौधरी ,कंचनपुर ५८०० (न्यू जर्सी)
रेशम न्यौपाने ,रुपन्देही ५८०० (न्यू जर्सी)
धन बहादुर थापा ,पर्वत ५८०० (न्यू जर्सी)
भेषराज कार्की ,नवलपरासी ५८०० (पेनेसेलेभेनिया)









