गृहपृष्ठ Featured युवा नेता ज्ञवालीद्धारा कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्रि

युवा नेता ज्ञवालीद्धारा कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्रि

प्रकाशित मिति:


कपिलवस्तु,जेठ १३
नेपालि कांग्रेसका युवा नेता तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालिले कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य सामग्रि प्रदान गरेका छन् । उनले २५६५ औं बुद्ध जयन्तीको अवसर पारेर विहिवार अस्पताललाई एक कार्यक्रमका बिच स्वास्थ्य सामग्रि हस्तान्तरण गरेका हुन । कोेरोना संक्रमणको माहमारिको बिषम अवस्थामा स्वस्थ्य सामग्रिले स्वास्थ्य कर्मिहरुलाई उपचारमा सहज पार्नका लागि माक्स, पिपिई सेट, गल्भस जस्ता सामग्रिहरु प्रदान गरिएको बताईएको छ ।

स्वस्थ्य समग्रि ग्रहण गर्दै अस्पतालका कार्यबाहक अध्यक्ष समेत रहनु भएका गैरेले यस कोरोना महामारीमा अस्पताललाई सम्झेर युवा नेता तथा लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालिले प्रदान गरेका स्वास्थ्थय सामग्रिले सहयोग पुग्ने भन्दौ विशेष धन्यबाद दिए ।

त्यस्तै कार्यक्रममा अस्पतालका महासचिव पोम नारायण पौडेल, अस्पतालका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पोख्रेल, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरे, तरुण दलका जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरी, अस्पतालका डाक्टर नविन तिरुवा, बाणगंगा वेलफेयर सोसाइटीका दिनेश क्षेत्री लगायतको सहभागिता थियो । कोरोनाको महामारीमा अहिले अस्तपतालले दिनहुँ ८ देखि १० जना विरामीको उपचार गरिरहेको छ ।

सम्बन्धित् समाचार