वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका युवा तथा सफल ब्यवसायी टोप नारायण बेल्बासेको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याकरले ह्याक गरी फेसबुकका साथीहरुसगं पैसा पठाइ दिनु, म साझ फिर्ता गर्छु भन्दै एसएमएस गरेको पाइएको छ । सो क्रममा चार नः जितपुरमा माधव भाट क्षेत्रीले सोही मेसेजको आधारमा २० हजार रुपैया समेत पठाएका छन ।
आज बिहान करिव ८ बजेपछि आफु मोबाइलबाट सिमबाट कल गर्दा एकाएक मेसेन्जरमा मेसेज आउन थालेको र खोलेर हेर्दा नखोलीएपछि शंका लागेर घरका सदस्यलाई बताएको र त्यसपटि रिर्पोट गरेर पास्र्पोट परिर्वतन गरेको बेल्बासेले बताए । फेसबुकमा Karlzong himrung नाम गरेको मानिसले आइडी ह्याक गरी १२४००९१०७८१००१२ नः को प्रभु बैंक लुम्बिनिको खाता पैसा पठाउन ह्याकरले लगाएको थियो ।
यो घटनापछि तत्काल बेलबासेले ईलाका प्रहरी कार्यालय पिपरामा उजुरी समेत दिएका छन । यस क्षेत्रका लोकप्रिय ब्यवसायी समेत रहेका बेल्बासेले यस्ता घटना जो कोही माथि पनि घट्न सक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन ।