गृहपृष्ठ Featured कपिलवस्तुका ब्यवसायी बेल्बासेको फेसबुक ह्याक गरी ह्याकरले २० हजार ठग्यो

कपिलवस्तुका ब्यवसायी बेल्बासेको फेसबुक ह्याक गरी ह्याकरले २० हजार ठग्यो

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाका युवा तथा सफल ब्यवसायी टोप नारायण बेल्बासेको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याकरले ह्याक गरी फेसबुकका साथीहरुसगं पैसा पठाइ दिनु, म साझ फिर्ता गर्छु भन्दै एसएमएस गरेको पाइएको छ । सो क्रममा चार नः जितपुरमा माधव भाट क्षेत्रीले सोही मेसेजको आधारमा २० हजार रुपैया समेत पठाएका छन ।

आज बिहान करिव ८ बजेपछि आफु मोबाइलबाट सिमबाट कल गर्दा एकाएक मेसेन्जरमा मेसेज आउन थालेको र खोलेर हेर्दा नखोलीएपछि शंका लागेर घरका सदस्यलाई बताएको र त्यसपटि रिर्पोट गरेर पास्र्पोट परिर्वतन गरेको बेल्बासेले बताए ।

 

फेसबुकमा Karlzong himrung  नाम गरेको मानिसले आइडी ह्याक गरी १२४००९१०७८१००१२ नः को प्रभु बैंक लुम्बिनिको खाता पैसा पठाउन ह्याकरले लगाएको थियो ।
यो घटनापछि तत्काल बेलबासेले ईलाका प्रहरी कार्यालय पिपरामा उजुरी समेत दिएका छन । यस क्षेत्रका लोकप्रिय ब्यवसायी समेत रहेका बेल्बासेले यस्ता घटना जो कोही माथि पनि घट्न सक्ने भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन ।

सम्बन्धित् समाचार