गृहपृष्ठ Featured आज गणतन्त्र दिवस, कोरोनाका कारण यस वर्ष राखिएन विशेष कार्यक्रम

आज गणतन्त्र दिवस, कोरोनाका कारण यस वर्ष राखिएन विशेष कार्यक्रम

आज १४औँ गणतन्त्र दिवस । वि.सं. २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

सोही दिनको सम्झनामा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ । कोरोना भाइरसको महामारीका कारण यस वर्ष भने विशेष कार्यक्रम राखिएको छैन ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपतिलगायतले शुभकामना सन्देश दिएका छन् ।

तर, गणतन्त्र स्थापनाको यो अवधिसम्म पनि जनताले वास्तविक परिवर्तनको अनुभव गर्न नपाएको एवं राजनीतिक खिजातानी बढ्दै गएको भन्दै राजनीतिक नेतृत्वको पटक-पटक आलोचना हुँदै आएको छ ।

सम्बन्धित् समाचार