अर्घाखाँची : अर्घाखाँचीमा अज्ञात रोगले बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–५ का किसानका २६ वटा बाख्रा बिरामी परेर मरेको वडाध्यक्ष शोभाकर भुसालले जानकारी दिनुभयो । १ महिना अघि कृषि ज्ञान केन्द्र अर्घाखाँचीले अनुदानमा वितरण गरेका १० वटा बोका वितरण गरेको थियो ।
बोकाबाट लक्षण देखिएको र ति बोका पनि मरेको अन्य बाख्रा पनि धमाधम मरेको वडाध्यक्ष भुसालले जानकारी दिनुभयो । अधिकांश बिरामी बाख्रामा ¥याल निकाल्ने, झोक्रयाउने जस्ता लक्षण देखिएको छ ।








