६ जेठमा सर्वोच्च अदालतले गैरसांसदको मन्त्री पद बदर गर्ने आदेश दियो । ८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नै विघटन गरिदिए । फेरि उनले २१ जेठमा मन्त्रिपरिषद् विस्तार गरेका छन् । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने संविधानविद्को तर्क गरे पनि संविधानको कुनै धारा उल्लेख नगरी शुक्रबार मन्त्रिपरिषद् विस्तार भएको छ ।
प्रधानमन्त्रीबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्रीका रूपमा शपथ लिइन् रेणुका गुरुङले । तर, २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा उपप्रमुख उठेकी उनले लज्जास्पद हार बेहोरेकी थिइन् ।
उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन संघीय समाजवादी फोरमबाट काठमाडौंको टोखा नगरपालिमा उनले उपप्रमुकका रूपमा उम्मेदवारी दिएकोमा उनको मत ९९ आएको थियो ।
उनले पाएको मत टोखा नगरपालिकामा रहेका कुल २८ हजार १ सय ६९ मतदाताको हिसाबले ०.३, प्रतिशत र सदर मत २१ हजार ४ सय १० को आधारमा ०.४ प्रतिशत मात्रै हो ।
त्यस नगरपालिमा उपप्रमुखमा विजयी एमालेकी ज्ञानमाया डंगोलले ८ हजार ९९ सय मत लिएकी थिइन । ९ जना उपप्रमुखका उम्मेदवारमध्ये उनी मतको हिसाबले छैटौँ नम्बरमा परेकी छन् । स्थानीय तहकै निर्वाचनमा लज्जास्पद हार बेहोरेको उनी अन्ततः संघीय सरकारको राज्यमन्त्रीको पदभार गरिसकेको छन् ।








