गृहपृष्ठ Featured बाणगंगा स्तरिय नागरिक संजालको बैठक सम्पन्न, विशेषज्ञ सेवा प्रदान गर्ने गरी नयाँ अस्पताल निर्माण गर्ने निर्णय ।।

बाणगंगा स्तरिय नागरिक संजालको बैठक सम्पन्न, विशेषज्ञ सेवा प्रदान गर्ने गरी नयाँ अस्पताल निर्माण गर्ने निर्णय ।।

प्रकाशित मिति:

कपिलवस्तु, चार नम्बर
बाणगंगा स्तरिय नागरिक संजालको बैठक आज सम्पन्न भएको छ । बैठक बाणगंगास्थित कपिलवस्तु सामुदायिक अस्पतालमा सम्पन्न भएको हो । संजालको बैठकले कपिलवस्तु सामुदायिक अस्पतालको जग्गामा विशेषज्ञ सेवा प्रदान गर्ने गरी नयाँ अस्पताल निर्माण गर्ने निर्णय गरेको छ । त्यस्तै संजालले बाणगंगा नगरपालिकाको अक्सिजन प्लान्ट निर्माण गर्ने निर्णयको स्वागत गर्दै आवश्यक सहकार्य गर्ने समेत निर्णय गरेको छ । बाणगंगा स्तरिय नागरिक संजालमा सदस्यता विस्तार गर्ने संजालले जनाएको छ । आज बैठकमा पदाधिकारीको कार्य विभाजन समेत भएको संजालका सदस्य तथा कपिलवस्तु सामुदायिक अस्पतालका महासचिव पोम नारायण पौडेलले जानकारी दिनुभयो । संजालका अध्यक्ष दोलकराम घिमिरे, उपसंयोजक तेजप्रसाद आचार्य, सदस्यहरु पोमनारायण पौडेल, राजेन्द्र विक्रम शाह लगायतका पदाधिकारीको सहभागितामा बैठक सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार