गृहपृष्ठ खबर बाणगंगा नगरपालिका वडा नः २ को तिव्र बिकासमा सरोकारवाला खुशी

बाणगंगा नगरपालिका वडा नः २ को तिव्र बिकासमा सरोकारवाला खुशी

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८÷७९ को निति तथा कार्यक्रमकाबिच वडाभित्र रहेका सर्वदलिय र सर्वपक्षियसगं छलफल सम्मन्न गरेको छ । आफनै वडा कार्यालयमा भएको अन्तरक्रिया तथा छलफलमा बिभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिका साथै बिभिन्न सरोकारवालाहरुको सहभागिता रहेको थियो

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले हालसम्मको नगरको प्रगति प्रतिवेदनका साथै नगरभित्र भई रहेको बिभिन्न क्षेत्रको बिकासका बारेमा प्रकास पारेका थिए । कार्यक्रममा बोल्दै राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि साथै सरोकारवालाले वडा नः २ मा भइ रहको तिब्र बिकासप्रति आफुहरु खशी भएको ब्यक्त गरेका छन ।

भुगोलका हिसावले ठुलै क्षेत्रफल रहेको वडा नः २ का हरेक गाउ तथा टोलमा पक्की तथा ग्राभेल सडक पुग्नु, बिकासमा प्रदेशमै सबैभन्दा बढि लगानी गर्न सक्ने(जन सहभागिता) रहेको वडा नः २ ले आउने बर्ष पिपरा अस्पतालको बिकासका लागी संघीय र प्रदेश सरकारको समन्वयमा पुर्वाधार निमार्ण गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य बिष्णु पन्थीले वडा नः २ को बिकासलाई हेरेर अन्य वडापनि अगाडी बडनु पर्ने बताए । साथै पन्थीले आगमी बर्षहरुमा वडामा गर्न सकिने र गर्न पर्ने योजनाका बारे पनि आफनो धारणा राखेका थिए ।

सो अवसरमा करिव १० जना बढिले सरोकारवालाले आफनो जिज्ञासा राखेका थिए भने नेकपा एमालेका नहकुल शाही, नेपाली कांग्रेसका कविराज ज्ञवाली, माओवादी केन्द्र रत्न बहादुर कार्की र राष्ट्रीय जनमुक्ती पार्टीका घन बहादुर थापा लगायतले पनि आआफनो धारणा राखेको वडा सचित्र नरेन्द्र पोखरेलले बताए ।

सम्बन्धित् समाचार