गृहपृष्ठ खबर कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

कपिलवस्तुबाट कटुवा पेस्तोल र गोलीसहित एक जना पक्राउ

कपिलवस्तु नगरपालिका–१ आनन्दबाग कैलाश टोलका एक व्यक्ति पक्राउ परेका छन् । ३३ वर्षीय पूर्णवीर पाल्पालीलाई एक थान एक नाले कुटुवा पेस्तोल र दुई थान जंगी राउण्ड गोलीसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

कपिलवस्तु नगरपालिका–१ बस्ने दिपक पाण्डेयलाई यही जेठ ५ गते साकिर पाखिन समेतले गोली हानी घाइते बनाएका थिए ।

कर्तव्य ज्यानमुद्दाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले पूर्णवीरलाई उनकै कोठाबाट उक्त हतियारसहित पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार