गृहपृष्ठ Featured बुद्धभुमी नगरपालिकाले अति बिपन्न जेहेन्दार बिद्यार्थीलाई छात्रबृति दिएर पढाउने

बुद्धभुमी नगरपालिकाले अति बिपन्न जेहेन्दार बिद्यार्थीलाई छात्रबृति दिएर पढाउने

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले नगरभित्र रहेका अति बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृति दिने भएको छ । नगर भित्र रहेका थारु, मधेशी, अत्यन्त न्युन आर्थिक अवस्था भएका छात्रा बिद्यार्थीलाई छात्रवृति दिन लागेको हो ।

नगरका हरेक वडाबाट १ जनाका दरले बार्षिक ३० हजार प्राविधिक शिक्षा अध्ययनका लागी दिइने बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले जानकारी दिए । अध्ययनको निरन्तरता र उत्र्तीणालाई आधार मानेर ३ बर्षसम्म छात्रबृति प्रदान गरिने पौडेलले बताए ।
नगरभित्र रहेका बिपन्न तथा जेहन्दार बिद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न सहज होस भन्नका लागी छात्रबृतिको ब्यवस्था गरिइएको बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित् समाचार