गृहपृष्ठ Featured सशस्त्र प्रहरी बल मर्यादपुरद्धारा अवैध रुपमा बरामद सामग्रिको विवरण सार्वजनिक

सशस्त्र प्रहरी बल मर्यादपुरद्धारा अवैध रुपमा बरामद सामग्रिको विवरण सार्वजनिक

प्रकाशित मिति:

कपिलवस्तु, जेठ ३१
सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. मर्यादपुरले हाल सम्म बरामद गरि भन्सार चलान तथा नष्ट गरिएका अबैध माल समानहरु र पर्ने मुल्यको विवरण सार्वजनिक गरेको छ । प्रहरीले २०७८ साल बैशाख र जेष्ठ महिना सम्ममा बरामद गरेको अबैध माल समानहरुको विवरण सार्वजनिक गरेको हो । प्रहरीका अनुसार २०७८ बैशाख महिनामा कपिलवस्तुको यशोधरा गाउँपालिकाको पूर्णहवामा भारतबाट अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा स्पिकर (साउण्ड बाक्स) नियन्त्रणमा लिई आवश्यक कारबाही लागि सुठौलि भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ । जसको मुल्य रु ८० हजार रहेको जनाइएको छ । त्यस्तै प्रहरीको गस्ती टोलीले मटर र सुर्ती नियन्त्रणमा लिई सुठौलि भन्सार कार्यालय, कपिलबस्तुमा बुझाएको छ । त्यस्तै जिल्लाको यशोधरा गाउँपालिका वडा नंं ०७ मर्यादपुरमा भारतबाट ११ हजारकोे अवैध सामान बरामद गरेको छ । त्यस्तै प्रहरीले अवैध रुपमा ल्याउदै गरेका रु ५१,८०० मुल्यका विभिन्न समग्रि पनि सुठौलिभन्सार कार्यालय, कपिलबस्तुलाई बुझाएको स.प्र.नि. शंकर सिंह सिखले जानकारि दिएका छन ।
थप विवरण हेर्नुहोस् 

सम्बन्धित् समाचार