गृहपृष्ठ Featured बुद्धभुमी नगरपालिका ४ बुड्डीमा ताललाई सौन्दर्यकरण गर्दै थारु संग्रहालय, पार्क र भ्यु टावर बन्दै

बुद्धभुमी नगरपालिका ४ बुड्डीमा ताललाई सौन्दर्यकरण गर्दै थारु संग्रहालय, पार्क र भ्यु टावर बन्दै

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नः ४ मा रहेको ताललाई पर्यटकीय स्थलका रुपमा बिकास गरिने भएको छ । तालको सौन्दर्यकरण सहित थारु सग्रहालय निमार्णका लागी बुद्धभुमी नगरपालिकाले प्राथमिकताका साथ बजेट ल्याउन लागेको हो । डिपिआर तयार भई सकेको बताउदै ताललाई पर्यटकीय क्षेत्रका रुपमा बिकास गरी थारु संग्रहालय समेत निमार्ण गर्न लागीइएको बुद्धभुमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताए ।

नगरमा थारुको बस्ती समेत बाक्लो रहेको र थारु सस्कृति जिवित राख्न र यसको महत्व बुझाउनका लागी पर्यटकीय क्षेत्रको रुपमा बिकास गरि अगाडी बढ्ने योजना रहेको प्रमुख पौडेलले बताए । जसका लागी करिव साढे ४ करोड बजेको ब्यवस्थापन समेत गरिइएको पौडेलले बताएका छन ।
हालसम्म जिल्लामा बुड्डी तालका रुपमा परिचित सो ताल वरिपरि होमस्टे, बालबालिकाका लागी बाल उद्यान, रिर्सोट, डुङगा सञ्चालन, भ्यु टावर जस्ता पुर्वाधार निमार्ण समेत गरिने बुद्धभुमी नगरपालिकाका प्रवक्ता तथा वडा नः ४ का वडा अध्यक्ष पवन चौधरीले वैखरी अनलाइनलाई बताए ।

सम्बन्धित् समाचार