नेपाली कांग्रेसकाे केन्द्रीय समिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि पदाधिकारी बैठकले महाधिवेशन १६ भदाैदेखि गर्ने निर्णय गरेकाे छ । उक्त निर्णयमाथि केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन् ।







