अर्घाखाँची : अर्घाखाँचीको वाङला-मथुराबेसी खोलाले बगाएर वेपत्ता सन्धिखर्क ५ का ६७ बर्षिय चोलानाथ अधिकारीको शव फेला परेको छ । बुधबार दिउँसो वाङ्लाको मथुराबेसी खोला तर्ने क्रममा बेपत्ता भएका अधिकारीको शव रिङ्गदी बलेवामा फेला परेको हो ।
शवलाई अहिले पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी गणेश खनालले जानकारी दिए । हिजो बुधबार देखि खोलाले बगाएर वेपत्ता भएका अधिकारीलाई जिल्ला शसस्त्र प्रहरी र जनपथ प्रहरीको तालिम प्राप्त प्रहरी टोलीले दुई दिन देखि खोजीकार्य जारी राखेका थिए ।







