गृहपृष्ठ Featured बिद्युत प्राधिकरण कपिलवस्तुमा गामी “पोल सार्न ठेकेदारलाई १ मिनेट, सर्वसाधारणलाई ८ महिना”

बिद्युत प्राधिकरण कपिलवस्तुमा गामी “पोल सार्न ठेकेदारलाई १ मिनेट, सर्वसाधारणलाई ८ महिना”

वैखरी अनलाइन
जिल्ला बिद्युत प्राधिकरण कपिलवस्तुमा सत्य नारायण गामीले प्रमुखको जिम्मेवारी पाएर आएपछि जिल्लामा बिद्युत क्षेत्रमा बेथिति बढेको छ । आएको करिव ७ महिनाको अवधिमा उनको कार्यशैलीका कारण अहिले जिल्लाबासी तथा सरोकावाला चिन्तित भएका छन ।

प्रमुख गामीले पोल सार्ने एउटै काम ठेकेदारको भए १ मिनेटमै गर्ने तर सर्वसाधारणको काम भए महिनौ लगाइदिने गरेको पाइएको छ । कुन मनशायका साथ उनले ठेकेदारको काम १ मिनेटमै गर्ने तर अन्य सर्वसाधारणको त्यही काम गर्न महिनौँ लगाइ दिदा सर्वसाधारण अहिले जिल्ला बिद्युत प्राधिकरण कपिलवस्तुसगं रुष्ट रहेका छन ।

ठेकेदारले जिम्मा पाएको बनगाई जिनुवा ११ केभि प्लस एलटि लाइनको पोल सार्न उनले १ मिनेटमै अनुमति दिइएको तर स्थानियलाई पोल सार्न परे बुटवल तथा काठमाण्डौ जानुपर्छ भन्दै अल्मलाउने गरेको पाइएको छ । बाणगंगा नगरपालिका वडा नः ४ बस्ने ब्यवसायी भिम न्यौपाने बिगत ८ महिना देखि “बिद्युतको तार घरमा आई नुघेको छ , बारम्बार भने, निकै जोखिम मोलेर बस्न बाध्य भएका छौ, जहाँ त्यही भनीसके सुन्दैन्न” उनले बताए ।

 

उता बाणगंगा नगरपालिकाले सडकबिचमा बिद्युतको पोल सार्नका लागी ५ दिन अघि बिद्युत कार्यालयमा पत्रचार गरेको बताएपनि कुनै सुनुवाई भएको छैन ।

प्रमुख गामी कार्यालयको काम गर्न भनेपछि निकै अल्छी गर्ने गरेको समेत सेवाग्राही बताएका छन । जिल्ला बिद्युत प्राधिकरणको कार्यालय तौलीहवाबाटनै हुने काम पनि उनले कहिले बुटवल त कहिले काठमाण्डौ जानुपर्छ भन्दै आलटाल गरी कामबाट पन्छीने गरेको सेवाग्राहीको आरोप रहेको छ ।

सम्बन्धित् समाचार