नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
विष्टलाई कोरोना संक्रमण भएपछि थप उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
विष्ट लामो समय नेपाली कांग्रेस सुर्खेतका सभापति भएका थिए । उनी २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए ।








